राष्ट्रसंघद्वारा बर्दिबास घटनाको निष्पक्ष र तत्काल छानविन गरी दोषीलाई कारवाही गर्न माग

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 10
  •  
  •  
  •  
  •  
    10
    Shares

महोत्तरीको बर्दिबासमा भएको घटनाप्रति संयुक्त राष्ट्रसंघले ध्यानाकर्षण भएको जनाएको छ। काठमाडौंस्थति राष्ट्रसंघको कार्यालयले बर्दिवासमा ६ वर्षीया बालिकामाथि बलात्कार र हत्या भएको घटना सञ्चार माध्यममा आएको भन्दै घटनाको निन्दा गरेको छ। काठमाडौं कार्यालयले वक्तव्य जारी गर्दै घटनाको निष्पक्ष र तत्काल छानविन गरी दोषीलाई कारवाही गर्न मागसमेत गरेको छ। लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको पूर्व सन्ध्यामा भएको सो घटनाले महिला तथा बालबालिका माथि हुने हिंसाविरुद्ध तत्काल गम्भीर रुपमा प्रस्तुत हुनुपर्ने आवश्यकता देखाएको वक्तव्यमा उल्लेख छ। उसले यस्ता घटना हुनासाथ कानुनी प्रक्रिया अपनाएर दोषीलाई उसको अपराध अनुसारको सजाय हुनुपर्ने माग गरेको छ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

वक्तव्यमा बालिकामाथि न्याय दिनेक्रममा नेपालमा सबै महिला तथा बालिकाहरुलाई हिंसाबाट जोगाउन कदम चाल्नुपर्ने समेत बताइएको छ। त्यस्तै, घटनाको विरोधमा भइरहेको प्रदर्शनलाई शान्तिपूर्ण बनाउनसमेत राष्ट्रसंघले आग्रह गरेको छ। ‘प्रदर्शनकारी तथा प्रहरी प्रशासनलाई आफ्नो आवाज जिम्मेवारीपूर्ण तरिकाले उठाउन तथा थप घटना नघटोस् भन्ने ध्यान दिन आग्रह गर्दछौं,’ वक्तव्यमा भनिएको छ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु