काठमाडौं । नेपाल राष्ट्र बैंकले गभर्नर महाप्रसाद अधिकारीले हस्ताक्षर गरेका ५ र १० रुपैयाँका नयाँ नोट प्रचलनमा ल्याएको छ। बैंकले १० रुपैयाँको नोटमा साविककै आकार तथा रङ्गमा संकेत नम्बर ढ÷८२ ०००००१ देखि द÷४५ ९९९९९९ सम्मका नोट चलनचल्तीमा ल्याएको हो। त्यस्तै ५ रुपैयाँको नोटमा पनि साविकै आकार तथा रङ्ग प्रयोग गरिएको छ। राष्ट्र बैंकले संकेत नम्बर थर३४ ०००००१ देखि नर५४ ९९९९९९ सम्मका नोट चलनचल्तीमा ल्याएको हो।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
१० रुपैयाँ नोटको अग्र भागको बायाँ तर्फ सगरमाथाको चित्र रहेको छ। त्यस्तै नोटको दायाँतर्फ लालीगुराँसको पानी छाप रहेको राष्ट्र बैंकले जनाएको छ। नोटको तल्लो भागको बोर्डरमा नोटको सिरिज नम्बर नेपालीमा वि।सं २०७६ लेखिएको छ। त्यस्तै १० रुपैयाँको नोटको पृष्ठ भागको माथिल्लो खण्डमा अग्रेजी अक्षरमा नेपाल राष्ट्र बैंक लेखिएको छ। नोटको मध्य भागमा कृष्णसारको चित्र रहेको छ। नोटको तल्लो भागको बोर्डरमा अंग्रेजीमा रुपिज टेन लेखिएको छ। नोटको तल्लो भागको बोर्डरमा नोटको सिरिज नम्बर अंग्रेजीमा २०२० एडी लेखिएको छ।



JUNGLE






from the
city



५ रुपैयाँको नोटको अग्र भागको बायाँतर्फ सगरमाथाको चित्र तथा नोटको दायाँतर्फ लालीगुराँसको पानी छाप रहेको छ। नोटको तल्लो भागको बोर्डरमा नोटको सिरिज नम्बर र नेपालीमा विसं २०७६ लेखिएको छ। त्यस्तै ५ रुपैयाँको नोटको पृष्ठ भागको माथिल्लो खण्डमा अंग्रेजी अक्षरमा नेपाल राष्ट्र बैंक लेखिएको छ। नोटको मध्यभागमा याक तथा हुम्ला जिल्लाको लिमी क्षेत्रको हिमालको चित्र रहेको छ। नोटको तल्लो भागको बोर्डरमा अंग्रेजीमा रुपिज टेन लेखिएको छ। नोटको तल्लो भागको बोर्डरमा नोटको सिरिज नम्बर र अंग्रेजीमा २०२० एडी लेखिएको छ।