रिपब्लिक टिभीका सम्पादक अर्नब गोस्वामीलाई महाराष्ट्रको रायगढस्थित तलोजा जेल चलान

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 20
  •  
  •  
  •  
  •  
    20
    Shares

एक इन्टिरियर डिजाइनरलाई आत्महत्याको लागि उक्साएको आरोप लागेका रिपब्लिक टिभीका सम्पादक अर्नब गोस्वामीलाई महाराष्ट्रको रायगढस्थित तलोजा जेल पठाइएको छ । उनलाई आइतबार अलीबागको एक कोभिड–१९ क्वारेन्टाइन सेन्टरबाट जेल चलान गरिएको बीबीसीले जनाएको छ । यसअघि अदालतले न्यायिक हिरासतमा पठाएपछि उनलाई क्वारेन्टाइन सेन्टरमा राखिएको थियो । समाचार एजेन्सी पीटीआइले एक पुलिस अधिकारीलाई उद्धृत गर्दै लेखेअनुसार अर्नबलाई न्यायिक हिरासतमा राखिएका बेला उनले कथित रुपमा फोनको प्रयोग गरेका थिए त्यसपछि उनलाई तलोजा जेल सारिएको हो । रायगढको क्राइम ब्रान्चले अर्नब गोस्वामी कुनै अर्को फोनबाट सामाजिक संजालमा सक्रिय रहेको पाएको थियो । उनको आफ्नो फोन भने ४ नोभेम्बरमा हिरासतमा लिएपछि पुलिसले जफत गरेको थियो ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

अर्नबले तलोजा जेल जैजाँदै गर्दा पुलिसको गाडिभित्रैबाट चिच्याएर अलीबागका जेलरले आफूलाई शनिबार साँझ कुटपिट गरेको बताएका थिए । उनले चिच्याएरै आफ्नो ज्यान खतरामा रहेको र आफ्नो वकिलसँग कुरा गर्न नदिइएको पनि बताएका थिए । अर्नब र अन्य २ जना फिरोज शेख र नीतिश सारदालाई पुलिसले ४ नोभेम्बरमा पक्राउ गरेको थियो । उनीहरुमाथि २०१८ मा इन्टिरियर डिजाइनर तन्वय नाइक र उनकी आमालाई आत्महत्याको लागि उक्साएको आरोप छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु