रियलमी सेभेन फाइभजी स्मार्टफोन सार्वजनिक भएको छ । यो स्मार्टफोनमा फाइभजी कनेक्टिभिटीका लागि मिडियाटेक डाइमेन्सिटी ८०० यू चिपसेट दिइएको छ । यो भेरियन्टमा कम्पनीले १२० हर्ज रिफ्रेश रेट भएको डिस्प्ले राखेको छ । रियलमी सेभेन फाइभजीको स्पेसिफिकेसनको कुरा गर्ने हो भने यो भेरियन्टमा मिडियाटेक प्रोसेसर राखिएको छ । यो प्रोसेसर मिड रेञ्ज फोनमा आउने वाला नै हो । त्यसैको यसको मूल्य पनि त्यति धेरै छैन । रियलमी सेभेन फाइभजीमा ६।५ इन्चको फुल एचडी एलसीडी डिस्प्ले राखिएको छ ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
यसको खास विशेषता नै १२० हर्ज रिफ्रेश रेट भएको स्क्रिन नै हो । नियमित रियलमी सेभेनमा ९० हर्ज रिफ्रेश रेट भएको डिस्प्ले राखिएको छ । रियलमी सेभेन फाइभजी सिंगल र्याम तथा रोम भेरियन्टमा सार्वजनिक गरिएको छ । यसमा ६ जीबी र्याम तथा १२८ जीबी इन्टरनल स्टोरेज दिइएको छ । माइक्रो एसडी सपोर्ट समेत रहेकाले यसको स्टोरेजलाई २५६ जीबीसम्म विस्तार गर्न सकिन्छ । रियलमी सेभेन फाइभजीमा साइड माउन्टेड फिंगरप्रिन्ट स्क्यानर दिइएको छ । यानी कि पावर बटनले नै फिंगरप्रिन्ट स्क्यानरको काम गर्नेछ । फोनमा फोटोग्राफीका लागि ४८ मेगापिक्सेलको प्राइमरी रियर क्यामेरा दिइएको छ ।



JUNGLE






from the
city



यद्यपि नियमित रियलमी सेभेनमा भने ६४ मेगापिक्सेलको क्यामेरा प्रयोग गरिएको छ । भलै फाइभजी भेरियन्टमा पनि म्याक्रो तथा डेप्थ सेन्सर दिइएको छ । सेल्फीका लागि यसमा १६ मेगापिक्सेलको फ्रन्ट क्यामेरा राखिएको छ । रियलमी सेभेन फाइभजीमा ५००० एमएएचको ब्याट्री रहेको छ भने यसको साथमा ३० वाटको फास्ट चार्जर समेत रहेको छ । कम्पनीको दाबीलाई मान्ने हो भने यो फोन २६ मिनेटमै शून्यबाट ५० प्रतिशत चार्ज हुन्छ । रियलमी सेभेन फाइभजी हाललाई बेलायतमा सार्वजनिक गरिएको छ ।
यसको सुरुवाती मूल्य २२९ जीबीपी अर्थात ३६ हजार रुपैयाँ रहेको छ । यो फोन ३० नोभेम्बरदेखि ब्लू कलर भेरियन्टमा खरिद गर्न सकिने बताइएको छ । यो फोन नेपालमा कहिलेसम्म आइपुग्छ भन्ने कुरा अहिलेसम्म स्पष्ट भइसकेको छैन ।