रियल म्याड्रिडले भ्यालेन्सियालाई ३–० ले पराजित गरे

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

बिहीबार राति भएको स्पेनिस ला लिगाको खेलमा रियल म्याड्रिडले भ्यालेन्सियालाई ३–० ले पराजित गरेको छ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

जितसँगै रियलले शीर्ष स्थानको बार्सिलोनासँगको दूरी २ अंकले कम गरेको हो। २९ खेलमा ६२ अंक जोडेको रियल दोस्रो स्थानमा रहँदा समान खेलबाट बार्सिलोनाको ६४ अंक छ। त्यति नै खेल खेलेको भ्यालेन्सिया ४३ अंकमा आठौं स्थानमा छ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

घरेलु मैदानमा भएको खेलमा पहिलो हाफ बराबरीमा सकिएको खेलमा रियलले सबै गोल दोस्रो हाफमा गर्यो। रियलको जितमा करिम बेन्जेमाले दुई तथा मार्को एसेन्सियोले १ गोल गरे। खेलको २१औं मिनेटमा भ्यालेन्सियाका रोड्रिगो मोरेनोले गोल गरे पनि रेफ्रीले भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) को सहयोगमा अफसाइड दिए।

खेलको ६१औं मिनेटमा करिम बेन्जेमाको गोलमा रियलले अग्रता बनाएको थियो। ७४औं मिनेटमा मार्को एसेन्सियोले अग्रता दोब्बर पारे। वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका उनले एक मिनेट नबित्दै गोल गरे। ८७औं मिनेटमा बेन्जेमाले व्यक्तिगत दोस्रो गोल गर्दै रियलको सहज जित सुनिश्चित गरे।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु