आजभोलि रुघा, खोकी लागेर ज्वारो आउनासाथ अधिकांशले कोभिड( १९ भएको आशंका गर्छन । जाडो मौसम सुरु हुने बेलामा यस्ता लक्षण देखिनु सामान्य कुरा भएको र कोभिडको संक्रमण नै भएको भन्न नमिल्ने चिकित्सकहरुको भनाइ छ । जाडो मौसम सुरु भएसँगै धेरैमा मौसमी रुघा खोकी लाग्ने क्रम बढ्ने गर्दछ । यस बर्षपनि मौसमी रुघा खोकी तथा ज्वरोका बिरामीहरुको संख्या बढ्न थालेको छ । तर अस्पतालमा आउने बिरामीको संख्या भने कम भएको चिकित्सकहरु बताउछन् ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
विश्वव्यापी रुपमा फैलिएको कोभिड( १९ र मौसमी रुघा खोकीका कतिपय लक्षणहरु मिल्दा जुल्दा छन् । तर मौसमी रुघा खोकी र कोभिड( १९ विल्कुल फरक खालका रोग हुन । मौसमी रुघाखोकीमा हाच्छिउँ आउने, घाँटी दुख्नुका साथै ज्वरो आउने र निश्चित समयपछि निको हुदै जान्छ । तर कोभिड १९ को संक्रमण भएका बिरामीमा भने स्वाद, गन्ध हराउने, जीउ दुख्नुको साथै स्वास फेर्न गाह्रो हुने र उच्च ज्वरो आउने लक्षण देखिन्छ । अब जाडो मौसम सुरु भएकोले मौसमी रुघाखोकी तथा ज्वरो आउन नदिन चिसोबाट बच्नुपर्ने कन्सल्टेन्ट फिजिसियन डा बिमल चालिसे बताउनुहुन्छ ।



JUNGLE






from the
city



कतिपय चिकित्सकले जेष्ठ नागरिक तथा दीर्घ रोगीहरुलाई जाडो मौसम सुरु भएसँगै निमोनिया बिरुद्धको खोप अर्थात इन्फ्युएन्जा भ्याक्सिन लगाउन समेत सुझाब दिने गरेका छन् । दीर्घ रोगीमा निमोनिया हुने दर बढी भएकोले त्यसबाट बच्न सजगता अपनाउनुपर्ने पनि डाक्टर चालिसेको भनाइ छ । हाल अधिकांश स्वास्थ्य संस्थामा निमोनिया बिरुद्धको खोप उपलब्ध छ । कतिपय बिकसित देशहरुमा चिसो सुरु हुनु अगाडि हरेक बर्ष यस किसिमको भ्याक्सिन दिने गरिन्छ ।