रुसले कोरोना भाइरस विरुद्ध विश्वको पहिलो भ्याक्सिन दर्ता गरेको घोषणा

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 150
  •  
  •  
  •  
  •  
    150
    Shares

रुसका राष्ट्रपति भ्यादिमिर पुटिनले रुसले कोरोना भाइरस विरुद्ध विश्वको पहिलो भ्याक्सिन दर्ता गरेको घोषणा गरेका छन् । विश्वव्यापी रुपमा फैलिएको प्राणघातक रोगविरुद्ध प्रतिरोधी क्षमता विकास गर्नका लागि यो डोज प्रभावकारी रहेको उनले बताए ।
‘मैले बुझेअनुसार कोरोना भाइरसविरुद्धको विश्वको पहिलो भ्याक्सिन यसै बिहान रुसमा दर्ता भएको छ,’ राष्ट्रपति पुटिनले सरकारका सदस्यहरुलाई भने, ‘म ती सबैलाई धन्यवाद् दिन्छु, जसले भ्याक्सिन निर्माणमा काम गरे । यो पुरै विश्वका लागि महत्वपूर्ण क्षण हो ।’
पुटिनले रुसमा स्वेच्छाअनुसार भ्याक्सिन लगाउने कार्यक्रम अघि बढाउनुपर्ने बताए । उनले यस भ्याक्सिन लगाउन कसैलाई बाध्य नगरिने बताए । आफ्नी एक छोरीले पनि यस भ्याक्सिन लगाइसकेको खुलासा पुटिनले गरे । ‘मलाई थाहा छ कि यसले स्थिर इम्युनिटी विकास गर्छ, प्रभावकारी काम गर्छ र म दोहोर्याएर भन्छु, यसले सबै परीक्षण पास गरिसकेको छ,’ उनले भने ।
कोभिड–१९ का कारण अहिलेसम्म विश्वभर ७ लाखभन्दा धेरैको मृत्यु भइसकेको छ । त्यस्तै २ करोडभन्दा धेरैमा संक्रमण देखिएको छ । पुटिनले स्वास्थमन्त्री मिखाइल मुरास्र्कोलाई भ्याक्सिनबारे थप जानकारी उपलब्ध गराउन भनेका थिए । मुरास्र्कोले आगामी जनवरीसम्म सबैसमक्ष भ्याक्सिन पुगिसक्ने आशा गरे । अहिले भने स्वास्थ्यकर्मी र शिक्षकहरुलाई प्राथमिकतामा राखिएको छ ।
विश्वका अति प्रभावित देशको सूचीमा अमेरिका, ब्राजिल र भारतपछि रुसको नाम आउँछ । रुसमा ८ लाख ९५ हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ भने १५ हजार १ सय ३१ जनाको मृत्यु भइसकेको छ । अमेरिकामा ५० लाखभन्दा धेरै, ब्राजिलमा ३० लाखभन्दा धेरै र भारतमा २० लाखभन्दा धेरैमा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु