रुसले ६३७५ परमाणु बम नियन्त्रित गर्नका लागि एउटा अत्याधुनिक सुरक्षाले भरिपूर्ण ‘न्युक्लियर कमान्ड पोस्ट’ निर्माण गरेको छ। संसारकै सबैभन्दा ठूलो परमाणु रहेको रुसले यस्तो बंकर बनाएको राष्ट्रपति भ्लादिमिर पुटिनले बताएका हुन्। पहाडको बीचमा निर्मित यो बंकरले तेस्रो विश्व युद्ध भएका खण्डमा परमाणु बमको हमलाबाट समेत सुरक्षित रहन सक्ने बताइएको छ। पुटिनका अनुसार यो बंकर लगभग तयार भइसकेको छ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
यो कमान्ड सेन्टरमार्फत परमाणु हमला हुँदा पनि रुसले आफ्नो न्युक्लियर बम नियन्त्रित गर्न सक्छ। रुसी राष्ट्रपति पुटिनले आफ्नो रक्षाप्रमुखलाई नियन्त्रण प्रणालीमा निरन्तर अपग्रेड गरिरहन आदेश दिएका छन्। रुस उसै पनि परमाणु ताकतमा अग्रणी मुलुक हो। रुससँग अमेरिकाको भन्दा पनि शक्तिशाली परमाणु रहेको मानिन्छ। अमेरिकासँग ५८०० परमाणु छ भने रुससँग ६३७५ बम रहेको छ। अमेरिकाले नयाँ परमाणु निर्माणमा काम गरिरहेको आशंका भइरहँदा रुसले एक कदम अघि बढेर शक्तिशाली बंकर निर्माण गरेको हो। रुसी राष्ट्रपति पुटिनले नयाँ सुरक्षा समीकरणका लागि आह्वानसमेत गरेका छन्।



JUNGLE






from the
city



रुसले यस्तो घोषणा गरिरहँदा अमेरिकाले पनि यी बंकर नष्ट गर्नका लागि बी६१–११ न्युक्लियर बंकर बस्टर बम बनाइरहेको बताएको छ। यो परमाणु आगामी वर्ष तयार हुने अमेरिकाको भनाइ छ। यसरी हतियार र परमाणु होडले तेस्रो विश्व युद्ध निम्त्याउने आशंका बढाइदिएको छ। रुससँग आफ्नो परमाणु महाविनाशकद्वारा एक झड्कामा पूरै संसार ध्वस्त पार्न सक्ने क्षमता रहेको आशंका गरिन्छ। जमिन, पनडुब्बी तथा बमवर्षक विमानबाट परमाणु बम खसाल्न सक्ने क्षमता उक्त मुलुकसँग छ। यही कारण पनि पश्चिमी मुलुकसँग रुसको सम्बन्ध चिसिएको छ।
पछिल्लो एक रिपोर्ट अनुसार सोभियत संघको पतनपश्चात् पहिलो पटक रुसी सेना यति धेरै मजबुत भएको हो। सोभियत संघ नै हुँदा रुसको परमाणु बमको संख्या ४० हजारसम्म पुगेको थियो। अमेरिकासँग भएको सन्धिपछि रुसले आफ्नो परमाणु हतियारको संख्या कम गरेको हो। पुटिनको दाबी अनुसार अमेरिकाले रुसलाई आफ्नो मुख्य सैन्य शत्रु मान्छ, त्यसैले रुसले परिआएको खण्डमा परमाणु हमलाको तयारी गरेको हो। शत्रुसँग भएको हतियारको नियन्त्रण प्रणाली कमजोर भएकाले शक्तिशाली बंकर निर्माण गर्नु परेको रुसको भनाइ छ।
रुसमाथि कसैले परमाणु हमला गरेमा सोही सुरक्षित बंकरमा बसेर जवाफी हमला गर्न सकिने पुटिन बताउँछन्। एउटा बंकर उत्तरी युराल पहाड र अर्को दक्षिणी युराल पहाडमा निर्मित छ। उत्तरी युरालमा बनेको बंकर ग्रेनाइटको हजार फुट बाक्लो चट्टानमुनि रहेको छ भने अर्को, तीन हजार फुट बाक्लो चट्टानमुनि बनाइएको रुसले बताएको छ।