रुससँगको झडपछि अमेरिकाले सिरियामा बढायो सैन्य शक्ति

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 10
  •  
  •  
  •  
  •  
    10
    Shares

रुससँगको झडपछि अमेरिकाले सिरियामा सैन्य शक्ति बढाएको छ। सिरियाको उत्तरपूर्वी सीमानामा ६ वटा ब्राडली सवारीसाधन र १०० सिपाही तैनाथ गरिएको अमेरिकाले जनाएको छ। अमेरिकी नौसेनाका क्याप्टेन बिल अर्बनका अनुसार उक्त निर्णयले गठबन्धन सेना र सुरक्षाको सुनिश्चित गर्नेछ। यस वर्ष अमेरिका र रुसका पेट्रोलिङ सैन्य टुकुडीबीच धेरैपटक झडप भएका छन्।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

अमेरिकाले ‘सेन्टिनल राडार’ जडानसँगै लडाकु विमानको गस्ती पनि बढाएको अमेरिकी सेन्ट्रल कमान्डका प्रवक्ता अर्बनले शुक्रबार बताएका छन्। आफ्नो वक्तव्यमा उनले भनेका छन्, ‘अमेरिका सिरियामा कुनै सेनासँग टकराव गर्न चाहँदैन, तर आवश्यक परेका खण्डमा गठबन्धनले सेनाको रक्षा गर्नेछ।’ अमेरिका र रुसबीच केही हप्तायतभा उत्तरपूर्वी सिरियामा तनाव बढिरहेको छ। अगस्टको अन्त्यमा रुसको एक गाडीसँगको टक्करमा सात अमेरिकी सैनिक घाइते भएका थिए। यसमा दुई देशले एकअर्कालाई दोषी भनेर आरोप लगाएका छन्।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु