रेड्मीको अर्को नयाँ फ्ल्यागशिपमा स्नापड्रागन ८८८ प्रयोग गर्ने

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 13
  •  
  •  
  •  
  •  
    13
    Shares

केही समय अघि क्वालकमले आफ्नो पछिल्लो फ्ल्यागशिप चिपसेट स्नापड्रागन ८८८ सार्वजनिक गरेको थियो । क्वालकमले नयाँ चिपसेट सार्वजनिक गरे लगत्तै विभिन्न कम्पनीहरुले आफ्नो नयाँ फोनमा उक्त चिपसेट प्रयोग गर्ने प्रचारबाजी गर्न थालेका छन् । यसैबीच साओमीले पनि आफ्नो फोन एमआइ इलाभेनमा यहि चिपसेट प्रयोग गर्ने घोषणा गरेको छ । रेड्मीका निर्देशक लु विबिङले ब्राण्डको अर्को नयाँ फ्ल्यागशिपमा स्नापड्रागन ८८८ प्रयोग गर्ने बताएका हुन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

तर कम्पनीले उक्त फोन सार्वजनिक हुने मिति भने उल्लेख गरेको छैन । त्यसो त सुरुवाती समयदेखि नै स्नापड्रागनको नयाँ चिपसेट प्रयोग गर्ने पहिलो फोनमा एमआईको मोडलले कहिल्यै पनि दोस्रो स्थानमा बस्नु परेको छैन । तर यसपाली भने सामसङ ग्यालेक्सी एस ट्वान्टी वान लाइनअप आउँदो जनवरीको मध्यतिर सार्वजनिक हुँदैछ । उक्त फोनमा पनि यहि चिपसेट प्रयोग हुने भएकाले एमआईलाई आफ्नो फोन यसै महिना वा सन् २०२१ को सुरुवातमा सार्वजनिक गर्नुपर्ने चुनौति छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

तर चिनियाँ सामाजिक सञ्जाल वाईबोमा लिक भएको एउटा तस्वीर साओमी एमआई इलाभेनको हो भनेर कथित हल्लाहरु चलिरहेका छन् । उक्त फोनमा क्यामेराको डिजाइन एकदमै फरक छ । जसमा दुई वटा सेन्सरको साथमा एउटा सानो क्यामेरा राखिएको छ । साथै क्यामेरामा एउटा एलईडी फ्ल्याश लाइट पनि छ । तर हाल त्यो तस्वीर वाईबोमा छैन र त्यो तस्वीर एमआई इलाभेनको हो वा होइन भन्ने कुराको आधिकारिक खुलासा भएको छैन ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु