रेम्डिसिभिर भ्याक्सिनको कालोबजारी गरेको आरोपमा दुईजना पक्राउ

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 25
  •  
  •  
  •  
  •  
    25
    Shares

 

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

रेम्डिसिभिर भ्याक्सिन कालोबजारी गरेको आरोपमा दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बारा जिल्ला घर भई नारायणी अस्थायी कोभिड अस्पतालमा प्राविधिक रुपमा कार्यरत ताहिर हुसेन तथा नाम खुल्न नसकेको भारतीय सहर रक्सौल बस्ने भारतीय एम्बुलेन्सका चालक रहेका छन् ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

वीरगन्जस्थित हेल्थ केयरमा अस्थायी कोभिड अस्पताल सञ्चालन गरेपछि त्यहाँ रहेका संक्रमितहरुको परिवारसँग चर्को शुल्क असुली गरेको आरोपमा पर्सा प्रहरीले प्राविधिकसहित एम्बुलेन्स चालकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले जानकारी दिए । प्राविधिक अन्सारीको साथबाट प्रहरीले ९ थान रेम्डिसिभिर पनि बरामद गरेको छ ।

नारायणी अस्थायी बीरगन्ज हेल्थ केयर कोभिड अस्पतालमा उपचारार्थ कोभिड संक्रमितहरुको परिवारसँग कोरोनाको औषधि मिलाई दिने भन्दै शनिबार सम्ममा ति प्राविधिकले १ लाख ९८ हजार रुपैयाँ असुल गरेको बताइएको छ । गम्भीर अवस्थाका कोरोना संक्रमितलाई रेम्डिसिभिर चलाउँदा स्वास्थ्यमा सुधार आइरहेकोले उक्त औषधिको व्यवस्था मिलाईदिने भन्दै प्राविधिकले चर्को रकम असुली गरेका छन् ।

रकम असुली गरेका प्राविधिक अन्सारीलाई भारतीय एम्बुलेन्स चालकले उक्त औषधि भारतको रक्सौलबाट ल्याएर दिने गरेको प्रनाउ कुँवरको भनाई छ । कोरोना उपचारमा उक्त औषधि लाभदायक देखिएकोले सरकारले पनि नियम प्रक्रिया मार्फत उपलब्ध गराइरहेतापनि भारतीय सहरमा खुलेयाम विक्री भइरहेकोले एम्बुलेन्स चालकले प्राविधिकलाई ल्याएर दिने गरेको र उक्त प्राविधिकले त्यहाँ स्थित विभिन्न कोरोना संक्रमितका आफन्तहरुबाट पैसा असुल्ने गरेको खुलेको उनको भनाई छ ।

परेका दुबैलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेकोले थप विवरण सोमबार सार्वजनिक गरिने प्रहरी नायब उपरीक्षक कुँवरले बताए ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
1
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु