रोट्र्याक्ट क्लब अफ धरान घोपाद्वारा ‘मधुमेह स्क्रीनिंग क्याम्प’ आयोजना

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 59
  •  
  •  
  •  
  •  
    59
    Shares

रोट्र्याक्ट क्लब अफ धरान घोपाले विश्व मधुमेह दिवसको अवसरमा मंसिर ४ गते बिहिबार लक्ष्मीनिया बागेवा प्राथमिक स्वास्थ्य सेवा (पीएचसी- जनकपुर धाम)मा ‘मधुमेह स्क्रीनिंग क्याम्प’ आयोजना गरेको छ। मधुमेह हुने सम्भावना रहेको एसिम्प्टोमेटिक व्यक्तिलाई पहिचान गर्ने र मधुमेहबारे जनचेतना फैलाउने मुख्य उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको थियो।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

यस कार्यक्रम बिहान ११ बजे सुरु भएर दिउँसो ३ बजेतिर समापन भएको थियो। यस कार्यक्रममा केन्द्रीय प्रशासनिक अधिकारी (हरीशंकर यादव), लक्ष्मीनिया गाउँपालिकाहरुका वडां प्रमुखहरु (दिलीप यादव, उमेश कुमार यादव, फुलगेन यादव र गंगा साह) र लक्ष्मीनिया गाउँपालिकाका स्वास्थ्य संयोजक (मनोहर यादव) तथा सहसंयोजक (दिपेन्द्र यादव)को उपस्थिति रहेको थियो ।

ग्लूकोमीटर र रक्तचाप मापन गर्ने उपकरणहरुको सहयोगमा करिब ९० जना सर्वसाधारणको रगतमा चिनीको स्तर जाँच गरिएको थियो । जस मध्ये १५ जनाको रगतमा चिनीको मात्रा उच्च हुँदा १० जनालाई उच्च रक्तचाप रहेको फेला पारिएको थियो । यसरी डाक्टरको सुझाव तथा प्रिस्क्रिप्शन अनुसार बिरामीलाई औषधि वितरण समेत गरिएको थियो ।

यस कार्यक्रम लक्ष्मीनिया गाँउपालिकाको पीएचसी टोलीको समर्थन र रोट्र्याक्टरहरु दिपेन्द्र प्रसाद यादव, खुश्बू शर्मा, रितिक राज पासवान, शिवसंकर यादवको उत्साहजनक सहभागिताका साथ संचालन भएको थियो । यसरी यो मधुमेह स्क्रीनिंग क्याम्पबाट सर्वसाधारणहरुमा मधुमेहको जाँच गरिएको थियो र मधुमेह लाग्न सक्ने व्यक्तिहरुको पहिचान गरेर तिनीहरुलाई यस ज्यान घातक रोगबारे आवश्यक औषधी समेत उपलब्ध गराएर सचेत पारिएको थियो ।

-Rtr Ruchi Acharya

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु