रोनाल्ड कोम्यानले नेयमार चोटका कारण अनुपस्थित हुने भएपछि दुख व्यक्त गरे

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

क्याटलान क्लब बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोम्यानले पिएसजीका स्टार नेयमार चोटका कारण अनुपस्थित हुने भएपछि दुख व्यक्त गरेका छन् । बार्सिलोनाले यूईएफए च्याम्पियन्स लिगको प्रि(क्वाटरफाइनलमा मंगलबार राती पिएसजीको सामना गर्दैछ । खेल नेपाली समयअनुसार बुधबार विहान १:४५ बजे सुरु हुनेछ । बार्सिलोना घरेलु मैदानमा सकारात्मक नतिजा निकाल्दै आफ्नो सम्भावना बलियो बनाउन चाहन्छ । पिएसजी स्टार नेयमार घाइते हुनुले पनि पाहुना टोलीलाई केहि कठिन हुने देखिन्छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

प्रशिक्षक कोम्यानले भने खेलअघि पत्रकार सम्मेलनमा नेयमारजस्ता खेलाडीलाई रेफ्रीले केहि सुरक्षा दिनुपर्ने बताए । ‘यी खेलाडीलाई रेफ्रीले केहि सुरक्षा दिनुपर्छ । नेयमार, मेस्सी, रोनाल्डो।। यी खेलाडीले गर्दा नै फुटबलमा मनोरञ्जन लिन पाएका छौं । खेलमा एक अर्कासँग जुध्नु स्वभाविक हो तर रेफ्रीले सुरक्षा भने दिनुपर्छ,’ उनले भने । नेयमार फ्रान्सेली लिग अन्तर्गत केनविरुद्ध खेलमा घाइते भएका थिए । उनी एक महिनासम्म मैदानबाहिर रहने बुझिएको छ । दोस्रो लेगका लागि भने उनी उपलब्ध हुने झिनो सम्भावना छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

बार्सिलोनामा भने चोटका कारण बाहिर रहेका डिफेन्डर जेरार्ड पिके टोलीमा फर्कने भएका छन् । ‘पिके प्रशिक्षणमा फर्किएका छन् । उनले ४(५ दिन प्रशिक्षण गरेका छन् । आशा गरौँ अन्तिम प्रशिक्षणपछि हामीलाई थप बल प्राप्त हुनेछ,’ उनले थपे । कोम्यानले सकारात्मक नतिजा निकाल्ने लक्ष्यसहित पिएसजीविरुद्ध उत्रने प्रष्ट पारे । ‘ हामी आफ्नो प्रदर्शन सुधार्दै राम्रो नतिजा ल्याउने प्रयास गर्नेछौं । पिएसजी राम्रो टोली हो र हामी उत्तिकै मिहिनेत गर्नेछौ,’ उनले थपे, ‘हामीले

कसरि खेल्ने भन्ने योजना बनाएका छौं । यो मेस्सी विरुद्ध एमबाप्पे खेल होइन, तर उनीहरु विशेष खेलाडी पक्कै हुन् ।’
‘पिएसजी पनि उपाधि दाबेदार टोली हो । अवे खेलमा गोल गर्ने उनीहरुको लक्ष्य पक्कै हुनेछ । हाम्रो लागि क्लिन सिट राख्नु महत्त्वपूर्ण हुन्छ । एमबाप्पेको गति रोक्नु ठूलो चुनौती छ,’ उनले टुंग्याए । एजेन्सी –

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु