रौतहट जिल्ला सवन्मय समिति परिसर भद्रगोल

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 15
  •  
  •  
  •  
  •  
    15
    Shares

जिल्ला समन्वय समिति रौतहटको प्रवेश द्वार अगाडि करिब दुई फिट पानी जमेर जलमग्न भएको छ । निकास नहुदा पानी जमेर जलमग्न भएको स्थान वरिपरिे पछि हिलाम्मे बनेको छ । समितिको कार्यालय प्राङ्णमा हिलाम्मे भयपछि सेवाग्राही र कर्मचारीको लागि कष्टकर भएको हो ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185


समतिमा जनप्रतिनिधिको रूपमा जिल्ला समन्वय समितिका अध्यक्ष रामएकवाल यादव र उपाध्यक्ष राम वशिष्ठ राय यादव सहित १५ जनाको वोर्ड सदस्य छन् । यति धेरै जनताको हक हितका लागि काम गर्ने प्रतिनिधिहरु भएपनि कार्यालय र कार्यालयको प्रागण लथालिङ्ग अवस्थामा रहेको छ । जिल्ला समन्वय समितिमा कार्यालय मर्मत सम्भारको लागि वर्षौनी ५० लाख रुपैया आउने गरेको भएपनि उक्त रकम कुन शीर्षकमा खर्च भएको हो यसको कतै लेखा जोखा नरहेको एक कर्मचारीले नाम उल्लेख नगर्ने सर्तमा जानकारी दिए ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

जिल्ला समन्वय समिति कार्यालयको प्रागण भित्रै रहेको प्राबिधिक कार्यालयका प्रमुखले हिलो ,पानी जे जस्तो सुकै अवस्था रहेपनि कुनै वास्ता नगरेको त्यहा स्थित कार्यरत कर्मचारीहरुको गुनासो छ । प्राबिधिक कार्यालय रौतहटले प्रत्येक आर्थिक वर्षमा करोडौंको बजेट विकास निर्माणमा खर्च गर्छ तर आफ्नै कार्यालयको प्रवेश द्वारमा पानी, हिलो जमेकोमा बेवास्ता गरेको पाइएको छ । यस सम्वन्धमा कार्यालय प्रमुख सिवजी रायले आफुले एक महिना भित्रै अवकाश पाउने भयकाले हिलो होस वा पानी, आफुलाई कुनै सरोकार न रहेको बताए । भर्खरै गौर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन कार्की जिल्ला समन्वय समिति रौतहटको प्रमुख स्थानीय अधिकारीको थप जिम्मेवारी प्राप्त गरि कार्यालयको पुर्ण ब्यवस्थापनमा लागेका छन् ।

स्थानीय अधिकारीको जिम्मेवारी पाउना साथ गौर नगरपालिकाको कार्यालय ब्यवस्थापनको थप अनुभवलाई अझै अत्याधुनिक स्तरको कार्यालय बनाउनेतर्फ लागिपरेको कार्यालय प्रमुख सुमन कार्कीले बताए जिल्ला समन्वय समिति रौतहटलाई सेवाग्राही , कर्मचारी र जनप्रतिनिधिको लागि नमुना कार्यालयको रूपमा स्थापित गरेर आफू सन्तुष्ट हुने कार्यालय प्रमुख कार्कीले प्रतिबद्धता जाहेर गरेका छन् ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु