लकडाउनका कारण विराटनगर भन्सार कार्यालयको भन्सार राजस्व संकलन प्रभावित

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 18
  •  
  •  
  •  
  •  
    18
    Shares

 

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

सुनसरी मोरङ औद्योगिक कोरिडोर तर्फ निषेधाज्ञा र भारतको बिहारमा पनि लकडाउन भएका कारण विराटनगर भन्सार कार्यालयको भन्सार राजस्व संकलन प्रभावित भएको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

दैनिक करिब १० करोड ४४ लाख रुपैया भन्सार राजस्व संकलन गर्नुपर्ने सो भन्सार कार्यालयले लकडाउन र निषेधाज्ञाका कारण दैनिक करिब ६ करोड रुपैया भन्सार राजस्व संकलन गरिरहेको प्रमुख भन्सार अधिकृत शिव प्रसाद भण्डारीले जानकारी दिनुभयो ।विराटनगर भन्सार कार्यालय भएर दैनिक करिब १ सय ५० वटा गाडीहरु नेपाल भित्रिरहेको छ ।

भन्सार कार्यालयका ७ जना कर्मचारी कोरोना संक्रमित भएपनि भन्सार कार्यालयले आयात निर्यातलाई नियमितता दिईरहेको छ । सो कार्यालयका ३ जना प्राविधिक अधिकृत र ४ जना नायब सुब्बा कोरोना संक्रमित भएका छन् । कर्मचारीहरु कोरोना संक्रमित भएपनि स्वास्थ्य सतर्कता अपनाएर कार्यालय संचालन गरिरहेको प्रमुख भन्सार अधिकृत भण्डारीले जानकारी दिनुभयो ।

विराटनगर भन्सार कार्यालयले साउन महिनामा लक्ष्य भन्दा ३ प्रतिशत बढी भन्सार राजस्व संकलन गरेको थियो । सो भन्सार कार्यालयलाई साउनका लागि २ अरब १८ करोड ५४ लाख रुपैया लक्ष्य तोकिएकोमा २ अरब २४ करोड ३२ लाख संकलन गरेको थियो ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु