श्रावण ७, काठमाडौं । कोरोना महामारीका कारण ७ चैतबाट ट्राफिकले मापसे जाँच रोकेको थियो । आजबाट लकडाउन अन्त्य भएपछि रोकिएको मादक पदार्थ सेवन जाँच पुनः सुरु हुने भएको छ ।
बुधबारबाट नियमित रुपमा चाँज थालिने महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भिमप्रसाद ढकालले बताए ।
उनले भने, ‘सावधानी अपनाउँदै जाँच गर्छौं, मेसिनको प्रयोगलाई भने निरुत्साहित नै गर्छौं ।’ अवस्था अनुसार मेडिकलमा लगेर समेत जाँच गराएर कारबाहीको दायरामा ल्याइने उनले बताए ।
महामारीका कारण ७ चैतबाट रोकिएका सचेतना कक्षा पनि अब सुरु हुनेछन् ।
लकडाउनको अन्त्य भएपछि आजबाट सुरु भयो मापसे जाँच
- सिम्रिक खबर
- • ६ महिना अगाडि