५ साउन, काठमाण्डौ | गत बर्ष चैत्र ११ गतेबाट सुरु भएको लकडाउन अझै लम्बिने भएको छ । सरकारले आज मन्त्रिपरिषद् बैठकमा त्यसबारे निर्णय लिने बताइएको छ ।
७ साउनसम्मका लागि रहेको लकडाउन लम्ब्याउने निर्णय गरिने भएपनि ढाँचा कस्तो बनाउने भन्ने विषयमा छलफल भइरहेको छ । तर विगतमा भन्दा लकडाउन केही खुकुलो बनाइने जनाइएको छ ।
देशभर कार्यालयहरु सञ्चालन भइरहेका छन् भने व्यापार, व्यवसाय तथा सार्वजनिक यातायात पनि चलिरेहेका छन् । यो अवस्थामा अबको लकडाउन अझै खुकुलो बनाउने भनिएको छ ।
सरकारले गडन गरेको कोभिड १९ व्यवस्थापन केन्द्र सीसीएमसीले नयाँ ढाँचाबारे प्रस्ताव तयार गर्दैछ । यसलाई मन्त्रिपरिषदमा निर्णयका लागि लगिदैछ । नयाँ ढाँचामा रोकथामको उपायसहित विभिन्न क्षेत्र विस्तारै खोल्न दिने तयारी भएको छ । यसपटक होटल तथा रेष्टुँराहरु निश्चित मापदण्डसहित खोल्न दिइने छ । शैक्षिक संस्थाहरु विभिन्न समुहमा आलोपालो गरी खोल्नेबारे पनि छलफल बढाइएको स्रोतले जानकारी दिएको छ । मनोरञ्जन स्थल र शैक्षिक संघसंस्थाहरु अझै केही समय बन्द राखिनेछन् । देशभरका क्षेत्रहरुको जीवन शैली सामान्य अवस्थामा साउन थालेको छ । काठमाण्डौमा सडकमा गाडीहरुको अवस्था पहिले जस्तै देख्न सकिन्छ । जोर विजोर प्रणालीमा यातायात चलिरहेको कारण जामको समस्या अलिक कम भएको छ ।
लकडाउन थप्ने सरकारको तयारी, नया ढाँचाबारे मन्त्रीपरिषदले निर्णय गर्दै
- सिम्रिक खबर
- • ६ महिना अगाडि