लक्ष्मी बम : ट्रान्सजेन्डरको भूमिकामा अक्षय कुमार

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 10
  •  
  •  
  •  
  •  
    10
    Shares

आउँदै गरेको बलिउड चलचित्र ‘लक्ष्मी बम’ मा भारतीय नायक अक्षय कुमारले एउटा ट्रान्सजेन्डरको भूमिका गरेका छन् । फिल्मी सुत्रहरुले जानकारी गराए अनुसार अक्षयले यो भूमिकालाई न्याय संगत रुपमा निर्वाह गर्नको लागि कडा मिहिनेत गरेका थिए । एउटा ट्रान्सजेन्डरको भूमिकाका लागि उनले परेश रावल र आशुतोष राणासंग टिप्स लिन पुगेका थिए, जसले केहि चलचित्रहरुमा ट्रान्सजेन्डरको भूमिका निभाएका थिए । ‘संघष’ मा आशुतोष राणा र अक्षय आमने सामने थिए । आशुतोष राणाले उक्त चलचित्रमा ट्रान्सजेनडर लज्जा शंकर पाण्डेको भूमिका निभाएका थिए । परेश रावलले ‘तमन्ना’  मा ट्रान्सविमेन  को भूमिकामा अभिनय गरेका थिए । यि दुबै कलाकार अक्षय कुमारका नजीकका साथी हुन ।
पछि अक्षय कुमारले राघव लँरेन्सको भीजन अनुसार अगाडी बढ्न उपयुक्त ठाने साथै उनले आफ्नो जिवनकालमा ट्राफिक सिग्नलमा भेटीने ट्रान्सजेन्डरहरुको व्यबहार र उनीहरुसंगको कुराकानीका आधारमा आफ्नो क्यारेक्टरलाई स्क्रिनमा प्रस्तुत गरेका छन् । यो चलिचित्रलाई चर्चित साउथ अभिनेता राघव लरेंन्सले बनाउन लागेका हुन ।
यो चलचित्रका लागि निर्माता निर्देशक राघब लरेन्स पहिला सलमान खानकोमा गएका थिए । तर सलमानले यो चलचित्र गर्न मानेनन् । त्यसपछि राघव अक्ष्यकोमा गए जहा अक्षय यस प्रकारको भूमिकामा उत्साहि देखिए ।
यो चलचित्र आउँदो सेप्टेम्बर ९ का दिन रिलिज हुने बताईएको छ । जुन दिन अक्षय कुमारको जन्मदिन पर्छ । लक्ष्मी बम कमेडि हरर चलचित्र हो । जसलाई राघव लरेन्सले नै लेखेका हुन जुन तमिल चलचित्र मुनी २ को रिमेक हो । यस चलचित्रमा नायिका कायरा कड्वानीको समेत प्रमुख भूमिका रहेको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु