क्रिकेट खेलाडी विराट कोहली २३ करोड ७७ लाख अमेरिकी डलरको ब्राण्ड भ्यालूका साथ लगातार चौथो वर्ष पनि सबैभन्दा मूल्यवान भारतीय सेलिब्रिटी बन्न सफल भएका छन् । यो सूचीमा दोस्रो तथा तेस्रो स्थानमा हिन्दी फिल्म अभिनेता अक्षय कुमार तथा रणवीर सिंहको नाम रहेको छ । सन् २०२० का लागि शीर्ष १० सर्वाधिक मूल्यवान सेलिब्रिटी सूचीमा केवल कोहली फिल्म उद्योग भन्दा बाहिरका छन् । त्यस्तै अन्य दुई महिला पनि रहेको ब्राण्ड मूल्यांकनमा विशिष्टा हासिल गर्ने कम्पनी डफ एन्ड फेल्प्सले बुधबार बताएको छ ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
सन् २०२० मा कोहलीको ब्रान्ड भ्यालू यथावत रहेको छ भने अन्य शीर्ष २० सेलिब्रिटीले आफ्नो कूल मूल्यमा पाँच प्रतिशत अथवा करीव एक अरब अमेरिकी डलर गुमाएका छन् । डफ एन्ड फेल्प्सका सेलिब्रिटी ब्रान्ड मूल्यांकन अध्ययनका छैठौं संस्करणका अनुसार सन् २०२० मा शीर्ष २० हस्तिहरुको कुल ब्राण्ड भ्यालू एक अरब अमेरिकी डलर थियो, जून सनु २०१९ को तुलनामा पाँच प्रतिशत कम हो । यहि सूचीमा ५ करोड ११ लाख डलर मूल्यांकनका साथ शाहरुख खान चौथो स्थानमा छन् भने दीपिका पादुकोण ५ करोड ४ हजार डलरका साथ पाँचौं स्थानमा रहेकी छिन् । त्यस्तै आलिया भट्ट छैठौं स्थानमा छिन् ।



JUNGLE






from the
city


