फिल्म ‘लप्पन छप्पन–२’ आगामी २७ चैतबाट रिलिज हुने भएको छ । मुकुन्द भट्टको निर्माण निर्देशन रहेको फिल्मको टिजरसहित रिलिज मिति पनि सार्वजनिक गरिएको हो । नयाँ वर्षको छेको पारेर प्रदर्शनमा आउन लागेको फिल्म सौगात मल्ल, शिव श्रेष्ठ, अर्पण थापा, अनुपविक्रम शाही, शक्ति श्रेष्ठ, प्रकाश कुँवर, दीपक क्षेत्री, सरिता गिरी, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्ट, केरोलिन कोलिन्डा, सुपर गुरुङ, आना ढकाल, सृजना सिना लगायतका कलाकारको अभिनय देख्न सकिन्छ ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
खिलेन्द्रराज तिमसिनाको प्रस्तुति रहेको फिल्मको पटकथा र संवाद निर्देशक भट्ट र सुनिल नेउरेले तयार पारेका हुन् । गोल्डेन हिल्स पिक्चर्ससँग रोयल कुँवर इन्टरटेनमेन्ट, इपी एजुकेशन अस्ट्रेलिया, उमी ग्रुप युरोप र म्याक मिडियाको सहकार्यमा निर्माण भएको फिल्मका सुरज अधिकारी र प्रजापति सिवाकोटीको कार्यकारी निर्माण हुन् । चिजकुमार श्रेष्ठ, प्रकाश कुँवर, निर्मल कुमार मिश्र र सन्तोष चन्द्र भक्रेल निर्माता रहेको फिल्ममा पुरुषोत्तम प्रधानको छायाँकन र मिलन श्रेष्ठको सम्पादन रहेको छ ।



JUNGLE






from the
city


