प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा विजयी हुँदै चेल्सी शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा लिड्स यूनाइटेडलाई ३-१ गोलले हराउँदै चेल्सी शीर्ष स्थानमा उक्लिएको हो । ९ महिनापछि आफ्ना फ्यानको अगाडि खेलेको खेलमा चेल्सीका लागि जिरौड, जौमा र पुलिसिकले १(१ तथा लिड्सका बामफोर्डले १ गोल गरे । खेलको चौथो मिनेटमै लिड्का बामफोर्डले गोल गरेपनि त्यसपछि लिड्सबाट गोल हुन सकेन । चौथो मिनेटमै अग्रता कायम गरेको लिड्सका लागि फिलिप्स्ले दिएको पासलाई बामफोर्डले गोलमा परिणत गरेका थिए । तर खेलको २७ औं मिनेटमै चेल्सीका जिरौडले गोल फर्काएपछि खेलमा १-१ को बराबरी भयो । जेम्सको पासमा जिरौडले गोल गरेका हुन् । यसैगरी ६१ औं मिनेटमा माउण्टको पासमा जौमाले तथा दोस्रो हाफको इन्जुरी समयमा वार्नरले सहयोगमा पुलिसिकले गोल गरेसँगै चेल्सी ३(१ले विजयी भएको हो ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185