लिदीका पहिरो पीडितहरूलाई राप्रपाद्वारा राहत वितरण

लिदीका पहिरो पीडितहरूलाई राप्रपाद्वारा राहत वितरण

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 23
  •  
  •  
  •  
  •  
    23
    Shares

सिन्धुपाल्चोक, जुगल गाउँपालिका–२, लिदीका पहिरो पीडितहरूलाई विहीबार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राहत वितरण गरेको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

जुगल गाउँपालिका, सेलाङमा सम्पन्न एक समारोहबीच प्राकृतिक प्रकोपको क्रममा मृत्युवरण गरेका १२ परिवारलाई प्रति परिवार १२ हजार रूपैयाँ वितरण गरेको हो ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

त्यस्तै, सोही अवसरमा पूर्ण रूपमा घरबार क्षति भएका १८ परिवारलाई जनही ६ हजार रूपैयाँ र विस्थापित १२७ घरधुरीलाई प्रति परिवार दुई हजार रूपैयाँको दरले कुल पाँच लाख छ हजार रूपैयाँ राहत उपलब्ध गराएको छ ।

राप्रपाका अध्यक्ष पशुपतिशमशेर जबराले सन्देश जारी गर्दै बाढी पहिरोबाट ठूलो जनधनको क्षति भएकोमा दुःख व्यक्त गर्दै स्थानीय जनताको पिर मर्कामा सदा साथ रहने बताए ।

राप्रपाका अध्यक्ष, जिल्लाका विभिन्न तहमा क्रियाशील नेताहरूको अग्रसरता र सहयोगमा लिदीका पहिरो पीडितहरूलाई राहत रकम उपलब्ध गराइएको हो ।

राप्रपाका केन्द्रीय सदस्यहरू रमेश लामा र उदय सापकोटा, राप्रपा निकट महिला संगठनका केन्द्रीय महासचिव कुमारी तामाङ, जिल्ला अध्यक्ष गोपाल श्रेष्ठ, जिल्ला सदस्य नारायण पाण्डे, क्षेत्रीय अध्यक्ष शिव भण्डारीलगायत जिल्ला र क्षेत्रका पदाधिकारीहरूको उपस्थितिमा राहत वितरण गरिएको हो ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु