प्रिमियर लिग प्रतिद्धन्द्धी लिभरपुलमाथि ३–२ को रोमाञ्चक जित निकाल्दै म्यानचेस्टर युनाइटेड एफए कपको पाँचौ चरणमा प्रवेश गरेको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा युनाइटेडको जितमा मासन ग्रीनवुड, मार्कुस रासफोर्ड र ब्रुनो फर्नान्डेसले गोल गरे । लिभरपुलका लागि दुवै गोल मोहम्मद सलाहले गरेपनि अघिल्लो चरण प्रवेश गर्न पर्याप्त बनेन । ओल्डट्राफोर्डमा मोहम्मद सलाहको गोलबाट लिभरपुलले घरेलु टोलीविरुद्ध खेलको १८औं मिनेटमा अग्रता लिएको थियो । उनले रोबर्टो फिर्मिनोको पासमा गोल गरेका थिए । २६औं मिनेटमा मासन ग्रीनवुडले मार्कुस रासफोर्डको पासमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
४८औं मिनेटमा मार्कुस रासफोर्डको गोलबाट युनाइटेडले खेलमा २–१ को अग्रता लिन सफल भयो । उनले मासन ग्रीनवुडको पासमा गोल गरेका थिए । ५८औं मिनेटमा सलाहले फिर्मिनोको पासमा गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । ७८औं मिनेटमा सब्सिच्युट ब्रुनो फर्नान्डेसले गाल गर्दै युनाइटेडलाई ३–२ को जित दिलाउदै एफए कपको प्रि–क्वाटरफाइनलमा पु¥याए । ब्रुनो ६६औं मिनेटमा डोनी भान डि विकको स्थानमा मैद्यान प्रवेश गरेका थिए । अब युनाइटेडले क्वाटरफाइनल प्रवेशका लागि वेस्ट ह्यामसँग खेल्नेछ । क्वाटरफाइनलका खेलहरु फेब्रुअरी ११ मा हुनेछ ।



JUNGLE






from the
city


