यूईएफए च्याम्पियन्स लिग अन्तर्गत इंग्लिस च्याम्पियन लिभरपुल घरेलु मैदान एनफिल्डमा पराजित भएको छ । बुधबार भएको समूह डीको खेलमा लिभरपुल एटलान्टासँग २-० ले पराजित भएको हो । पछिल्लो खेलमा ५-० को जित हासिल गरेको लिभरपुलले बुधबार भने अपेक्षित प्रदर्शन गर्न सकेन । पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि दोस्रो हाफमा एटलान्टाले दबाब कायम राख्यो । पहिलो हाफमा कप्तान अलेहान्द्रो गोमेज र जोसिप इलिचिचले अवसर गुमाउँदा पाहुना टोलीले अग्रता लिने अवसर गुमाएको थियो ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
दोस्रो हाफमा भने इलिचिचले पहिलो हाफको गल्ति दोहोर्याएनन् । ६० औं मिनेटमा कप्तान गोमेजको पासमा गोल गर्दै इलिचिचले पाहुना टोलीलाई अग्रता दिलाए । त्यसको ४ मिनेट नबित्दै इटालियन टोलीले अग्रता दोब्बर पार्यो । हान्स हाटबोएरको पासमा रोबिन गोसेन्सले गोल गर्दै लिभरपुललाई स्तब्ध पारे । समूहको अर्को खेलमा आयाक्सले अंकविहिन मिट्जील्यान्डमाथि ३-१ को सहज जित दर्ता गर्यो । आयाक्सको जितमा रायन ग्राभेनबर्च, नासेर मजरौइ र डेविड नेरेसले १-१ गोल गरे । मिट्जील्यान्डका लागि अवेर माविलले पेनाल्टीमा एक गोल फर्काए । सबै गोल दोस्रो हाफमा नै सम्भव भएको थियो । यस हारसँगै मिट्जील्यान्ड समूह चरणबाट नै बाहिरिएको छ ।



JUNGLE






from the
city



यस नतिजाले समूह डीबाट अर्को चरणमा जान तीन टोलीको प्रतिस्पर्धा हुने भएको छ । शीर्षस्थानको लिभरपुलले ४ खेलमा ९ अंक जोडेको छ । आयाक्स र एटलान्टा ७(७ अंक जोड्दै अर्को चरणमा पुग्ने आसमा रहेका छन् ।