लियोनल मेसीले बार्सिलोनाका लागि ६ सय ४४ गोल गर्दै तोडे पेलेको कीर्तिमान

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

बार्सिलोनाका लागि ६ सय ४४ गोल गर्दै लियोनल मेसीले ब्राजिलियन महान् खेलाडी पेलेको कीर्तिमान तोडेका छन् । मेसीले भाल्लाडोलिडविरुद्ध ६५ मिनेटमा गोल गर्दै यो कीर्तिमान तोडेका हुन् । खेल बार्सिलोनाले ३–० ले जित्यो । यसअघि गत शनिबार भ्यालेन्सियाविरुद्धको खेलमा गोल गर्दै मेसीले पेलेको कीर्तिमान बराबरी गरेका थिए । पेलेले सन्तोष क्लबबाट खेल्दा ६ सय ४३ गोल गरेका थिए , जो कुनै एक क्लबका लागि एक खेलाडीले गरेको सर्वाधिक गोलको किर्तिमान थियो । ‘फुटबल खेल्न सुरु गर्दा कुनै किर्तिमान भंग गर्छु भनेर मैले कहिल्यै सोचेको थिइनँ । विशेषगरी आज मैले हासिल गरेको किर्तिमानजस्तो, जो पेलेको नाममा थियो,’ मेसीले इन्टाग्राममा लेखेका छन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

उनले आफ्ना साथीभाइ, सहकर्मी र सहयोग गर्ने हरेकप्रति धन्यवाद् प्रकट गरेका छन् । १३ वर्षकै उमेरमा बार्सिलोनाको युवा टोलीमा आबद्ध भएका मेसीले १७ वर्षको उमेरमा सन् २००४ मा सिनियर टोलीबाट डेब्युु गरेका थिए । उनले यस अवधिमा बार्सिलोनालाई चारपटक च्याम्पियन्स लिगसहित ला–लिगा, कोपा डेल रे, फिफा क्लब विश्वकपलगायत उपाधिहरु जिताइसकेका छन् । यस अवधिमा मेसीले सर्वाधिक ६ पटक बेलोन डि अर उपाधि समेत जितिसकेकका छन् ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

पेलेले दिएका थिए बधाई
शनिबार आफ्नो किर्तिमान बराबरी गरेपछि मेसीलाई पेलेले बधाई दिएका थिए । ‘तिमीलाई जस्तै मलाई पनि थाहा छ हरेक दिन एउटै जर्सी लगाउनुुको माया । तिमीलाई जस्तै मलाई पनि थाहा छ आफूलाई घरजस्तो लाग्ने ठाउँभन्दा राम्रो अरु कुनै ठाउँ छैन । एउटै क्लबलाई माया गर्ने हाम्रोजस्तो कथा दुुखद् रुपमा फुटबलमा दुुर्लभ बन्दै जानेछ,’ उनले लेखेका थिए । पेले अहिले ८० वर्षको भइसके । उनले १९५६ देखि १५ वर्षको उमेरमै उनले सान्तोषबाट डेब्युु गरेका थिए । उनले १९७४ सम्म सन्तोष क्लबबाट ६ सय ६५ खेल खेल्दै ६ सय ४३ गोल गरेका थिए ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु