लुइस स्वरेजले तोडे बार्सिलोनासँगको आफ्नो सम्झौता

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 6
  •  
  •  
  •  
  •  
    6
    Shares

उरुग्वेका स्ट्राइकर लुइस स्वरेजले बार्सिलोनासँगको आफ्नो सम्झौता तोडेका छन् । योसँगै अब स्वरेजको बार्सिलोना छोड्ने ढोका खुलेको छ । स्वरेजको बाँकी रहेको एक बर्षको सम्झौता अनुसार बार्सिलोनाले बाँकी एक बर्षको पारिश्रमिक दिनुपर्ने विषयमा विवाद हुदा स्वरेजको ट्रान्सफर रोकिएको थियो । अब बार्सिलोनासँग सम्झौता रद्ध गरेसँगै स्वरेज फ्री(ट्रान्सफरमा बार्सिलोना छोड्ने तयारीमा रहेका छन् । लामो समयदेखि इटालियन च्याम्पियन युभेन्टस जाने भनिएको भएपनि पछिल्लो समय युभेन्टसले स्वरेजमाथि चासो नदिएपछि स्वरेज ला लिगामै रहने सम्भावना देखिएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

युभेन्टसका म्यानेजर आन्द्रे पिरलोले स्वरेजको युभेन्टस आगमन मुस्किल रहेको बताएपछि स्वरेज इटाली जाने सम्भावना टरेको बताइएको छ । पिरलोले स्वरेजले समयमा पासपोर्ट पाउने सम्भावना कम भएको तर्फ इंगित गरेका थिए । यद्यपी स्वरेजमाथि युभेन्टसले चासो देखाएपछि उनले इटालीको नागरिक हुने परीक्षा समेत पास गरिसकेका थिए भने उनी अहिले अक्टोबर ५ सम्म रहेको ट्रान्सफर डेड लाइन अगाडी पासपोर्ट पाउने आशामा रहेका छन् ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

स्पेनिस मिडिया आरएसीका अनुसार स्वरेजलाई एटलेटिको म्याड्रिडले चासो देखाएको छ । एटलेटिकोका स्ट्राइकर अल्भारो मोराटा युभेन्टस जाने सम्भावना बढेपछि उनको ठाउमा स्वरेजलाई भित्र्याउन एटलेटिको पोजेटिभ भएको बताइएको छ । २०१४ मा प्रिमियर लिग क्लब लिभरपुलबाट बार्सिलोना आएका स्वरेजले अहिलेसम्म बार्सिलोनाका लागि २८३ खेल खेल्दै १९८ गोल गरेका छन् भने यस सिजनमा कुल ३६ खेल खेल्दै २१ गोल गरेका थिए ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु