लोकसेवा आयोगको हेटौँडा कार्यालयले अधिकृत स्तरका १७४ जना कर्मचारी माग

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

वाग्मती प्रदेशको प्रदेश लोकसेवा आयोगको हेटौँडा कार्यालयले छैठौं अधिकृत स्तरका एक सय ४९ जना खुलाबाट र २५ जना बढुवातर्फका कर्मचारी माग गरेको छ । वाग्मती प्रदेशको प्रदेश लोकसेवा आयोगले पहिलो पटक अधिकृत स्तरका कर्मचारी माग गरेको छ । यसअघि चौंथो र पाँचौं तहका कर्मचारी माग गरेको आयोगले अहिले भने छैठौं अधिकृत स्तरका कर्मचारी माग गरेको हो ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

प्रदेशका विभिन्न पालिकामा गरेर अधिकृत स्तरका १ सय ७४ जना कर्मचारी माग गरिएको प्रदेश लोकसेवा आयोग हेटौंडाका अध्यक्ष सुरेशमान श्रेष्ठले जानकारी दिनुभयो । लोकसेवा आयोगले प्रशासनतर्फका ५९ जना र बाँकी सबै प्राविधिकतर्फका कर्मचारी माग गरिएको हो । प्रदेशका मन्त्रालयबाट कुनै पनि कर्मचारी यसपटक माग गरिएको छैन । आजको गोरखापत्र दैनिकमा कर्मचारी भर्ना खुलेको सूचना जारी गर्दै आयोगले पालिकाबाट आवश्यक माग भएर आएका कर्मचारी माग गरिएको हो ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

लेखातर्फका ६ जना, शिक्षामा ६ जना, तथ्याङ्कमा १ जना, सिभिल इन्जिनियरतर्फका १४ जना, बिल्डिङतर्फका इन्जिनियर २ जना, वातावरण इन्जिनियर १ जना, कृषि प्रसारमा २५ जना, कृषि बागवानीमा १ जना, कृषि बालीसंरक्षणमा २ जना, पोल्टी डेरी डेभलपमेन्टमा ९ जना, मत्स्यमा १ जना, भेटेरिनरीमा १९ जना, कृषि एग्रीमा १ जना कर्मचारी माग गरिएको अध्यक्ष श्रेष्ठले बिताउनुभयो । माग गरिएका पालिकाका कर्मचारी विकट क्षेत्रका पालिकामा आवश्यक रहेको र करारमा राख्नका लागिसमेत अभाव भएकाहरुले लोकसेवा आयोगमार्फत कर्मचारी माग गर्ने गरेका छन् ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु