लोकसेवा आयोगले साढे चार हजार पदमा विज्ञापन खोल्दा साढे चार लाख आवेदन पर्यो

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

सरकारी सेवाका लागि लोकसेवा आयोगले साढे चार हजार पदका लागि विज्ञापन खोल्दा साढे चार लाख आवेदन परेका छन्। अर्को विडम्बना, यही वेला आएको कोभिड महामारीले गत वर्ष जम्मा तीन सय चारजनाले जागिर पाएका छन्, धेरै परीक्षा हुन सकेका छैनन् । यो खबर आजको नयाँ पत्रिका दैनिकमा लेखिएको छ। लोकसेवा आयोगले गत आर्थिक वर्षमा चार हजार सात सय ५४ पदका लागि विज्ञापन गरेको थियो । तर, चार लाख ५१ हजार पाँच सय २६ जनाको आवेदन परेको थियो । ‘तर, गत वर्षका धेरैजसो विज्ञापनअनुसार अहिले परीक्षा सञ्चालन भइरहेका छन्, महामारीका कारण गत वर्षका धेरै परीक्षा रोकिएका थिए,’ आयोगका प्रवक्ता तोयनारायण सुवेदीले भने ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

त्यस्तै, अघिल्लो वर्ष ०७५/७६ मा भने एक लाख ४३ हजार आठ सय ४० मात्रै आवेदन परेका थिए । यो वर्ष भने पछिल्लो १० वर्षकै सबैभन्दा कम आवेदन परेको आयोगको तथ्यांक छ । त्यस्तै, वर्ष ०७४/७५ मा पाँच लाख ६७ हजार आठ सय ५३ र त्योभन्दा अघिल्लो वर्ष आठ लाख ४४ हजार आवेदन परेका थिए। गत वर्ष सबैभन्दा धेरै आवेदन नायब सुब्बा ९नासु०का लागि परेका छन् । नासुमा दुई लाख ४२ हजार दुई सय ४६ आवेदन परेका थिए । त्यस्तै, सहसचिवमा तीन हजार दुई सय १४, उपसचिवमा नौ हजार दुई सय ४३, अधिकृतमा ७७ हजार ६ सय र खरिदमा एक लाख १५ हजार ६ सय ५८ आवेदन परेको आयोगले जनाएको छ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

यो वर्ष अधिकृतको विज्ञापनमा करिब ३१ हजारको आवेदन परेको छ । परराष्ट्र, प्रशासन, लेखापरीक्षण तथा संयुक्तमा दुई सय ४० पदका लागि आवेदन माग गरिएको थियो । जसमा २७ हजार सात सय ५५ जनाको आवेदन परेको लोकसेवा आयोगले जनाएको छ । त्यस्तै, न्यायसेवामा एक सय २० जनाको आवेदन खुलेकोमा दुई हजार पाँच सयजनाको आवेदन परेको छ । न्यायसेवामा कानुन पढेकाले मात्र आवेदन दिन पाउँछन्। गत वर्षको तुलनामा आवेदन कम परे पनि प्रतिपद औसतमा भने यो वर्ष थोरै रहेको छ । गत वर्ष प्रतिपद औसत ७६ आवेदन रहेका थिए भने यो वर्ष ८६ छ । यो वर्ष २१ पुससम्म अधिकृतका लागि आवेदन भने म्याद थियो ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु