इन्टनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स अन्तर्राष्ट्रियस्तरको मेरिट पुरस्कारबाट सम्मानित भएको छ। नेपालका कर्णाली प्रदेशसहित विभिन्न विकट क्षेत्रमा इन्टरनेट सेवाको पहुँच पु¥याएको भन्दै डिजिटल अपर्चुनिटी इन्क्लुजन ‘मेरिट पुरस्कार’ जित्न सफल भएको हो। यो पुरस्कार पाउने वर्ल्डलिंक नेपालको पहिलो कम्पनी बनेको छ। २०२० नोभेम्बर १९ मा वर्ल्ड इन्फरमेसन टेक्नोलोजी एण्ड सर्भिस एलाइन्स (विट्सा)ले मलेसियाको पेनाङ्गमा आयोजित २०२० टेकफेष्ट लाइभ रोड–टु–विट्सा मलेसिया हाइब्रिड कार्यक्रममा उक्त पुरस्कार घोषणा गरेको वर्ल्डलिंकले जनाएको छ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
सन् १९७८ मा स्थापित वर्ल्ड इन्फरमेसन टेक्नोलोजी एण्ड सर्भिस एलाइन्स (विट्सा) आईसीटी उद्योग संघ सदस्यहरूको एक अग्रणी संस्था हो। जसमा विश्वभरिका ८० भन्दा बढी देशका संस्थाहरू आबद्ध भएका छन्। विट्साका सदस्यहरू विश्व आईसीटी बजारको ९० प्रतिशतभन्दा बढी प्रतिनिधित्व गर्दछ। उत्कृष्ट आईसीटी प्रयोगकर्ताहरूलाई पहिचान गर्नका लागि ग्लोबल आईसीटी उत्कृष्टता पुरस्कारका आयोजना गर्दै आइरहेको छ। वर्ल्डलिंक कम्युनिकेसन्सका अध्यक्ष तथा प्रबन्धनिर्देशक दिलीप अग्रवालले डिजिटल नेपाल निर्माण गर्ने हाम्रो प्रयासलाई यो एउटा ठूलो सम्मान भएको बताए। इन्टरनेट सेवाहरूको साथ देशको कुना कुनामा पुग्न निरन्तर काम गरिरहेको र सबैको जीवनलाई समृद्ध बनाउनका लागि डिजिटल प्लेटफर्मलाई सक्षम बनाउँदै लगेको बताए।



JUNGLE






from the
city


