रौतहट,साउन ८ ।
रौतहटको कटहरिया मा गए राती एक सुन चाँदी पसलमा चोरी भएको छ । नगरपालिकाको ठीक अगाडी रहेको अकाश सुन चाँदी पसलबाट करिब ४ लाखको चोरी भएको अकाश सुन चाँदी का प्रो. अकाश सोनी ले बताएका छन ।
पसलको ताला तोडी रडले ढोका लाई भाचि चोरहरुको समूहले पसल भित्र पसेर सुन चाँदी चोरी गेरेको छ । गहना भित्री दराज़मा रहेका धनमाल चोर हरु आफनो अवजार बाट तिजोरी खोलेर धन माल चोरी गरेका छन् ।
बिहान पसल खोल्न आएको अकाश सोनीले चोरी भएको हेरेर प्रहरीलाई खबर गरेको थियो । चोरहरुले गहना राखिएको दराज़ रडले तोड़ी सबै गहना लगेका छन ।
अबिरल वर्षाकाे माैका छाेपी चाेरहरू चाेरी गर्न सफल भएकाे बताईएकाे छ । चाेरीकाे घटनाकाे बारेमा थप अनुसंधानमा भईरहेकाे ईप्रका कटहरियाका सई सुरेन्द्र सिंहले जानकारी गराउनु भएको छ