वर्षाको पानी निकास गर्ने विषयमा दुई पक्षबीच कुटाकुट हुँदा ७ जना घाइते

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 8
  •  
  •  
  •  
  •  
    8
    Shares

महोत्तरीको सोनमा गाउँपालिका वडा नम्बर–३ रघुनाथपुरमा पानी निकास गर्ने विषयमा दुई पक्षबीच विवाद भई कुटाकुट हुँदा ७ जना घाइते भएका छन्।
आज बिहान महोत्तरीको रघुनाथपुरमा वर्षाको पानी पसेपछि पानी निकासका लागि आ(आफ्नो अनुकूल बाटो खोल्न थालेपछि स्थानीय चतुरी यादव र सुजित यादवको परिवारबीच विवाद भई कुटाकुट हुँदा ३ महिलासहित ७ जना घाइते भएका हुन्।
घाइते हुनेहरूमा स्थानीय सुजित यादव, उनकी ४० वर्षीया श्रीमती किरणदेवी यादव, छोराहरू २० वर्षीय रविशंकर यादव र हरिशंकर यादव छन्। त्यस्तै, चतुरी यादवका २२ वर्षीय छोरा रुपेश यादव, भाइबुहारी ४० वर्षीया वर्षा यादव र उनकी आमा समेत घाइते भएकी छिन्।
घाइते सबैको जनकपुरधामस्थित जानकी हेल्थ केयर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु