विदेशी शक्तिहरूसँग मिलेमतो गरेको आरोपमा प्रजातन्त्रवादी प्रकाशक जिमी पक्राउ

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 13
  •  
  •  
  •  
  •  
    13
    Shares

काठमाण्डौ
विदेशी शक्तिहरूसँग मिलेमतो गरेको आरोपमा हङ्कङका चर्चित प्रजातन्त्रवादी प्रकाशक जिमी लाई पक्राउ परेका छन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

मार्क साईमनका अनुसार लाईलाई चीनले बलपूर्वक कार्यान्वयन गराएको विवादास्पद राष्ट्रिय सुरक्षा कानुनअन्तर्गत प्रहरीले नियन्त्रणमा लिएको हो।
लाई गत वर्ष हङ्कङमा भएको प्रजातन्त्रवादी आन्दोलनका समर्थक र त्यहाँको सबैभन्दा ठूलो एपल डेली समाचारपत्रका प्रकाशक हुन्।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

बेलायतको समेत नागरीकता लिएका ७१ बर्षीय लाईलाइ गत फेब्रुअरी महिनामा अवैधानिक रूपमा भेला भएको र बलजफती गरेको अभियोग लगाइएको थियो। तर उनी धरौटीमा छुटेका थिए ।

“विदेशी शक्तिहरूसँग मिलेमतो गरेको भन्दै जिमी लाई अहिले पक्राउ परेका छन्,” लाईको सञ्चार कम्पनी नेक्स्ट डिजिटलमा कार्यरत साईमनले भने।

स्थानीय सञ्चारमाध्यमका अनुसार प्रहरीहरूले उक्त कम्पनी अवस्थित भवनमा प्रवेश गरेर खानतलासी गरेका छन्।
प्रहरीले सोमवार सात व्यक्तिलाई राष्ट्रिय सुरक्षा कानुन उल्लङ्घन गरेको आशङ्कामा पक्राउ गरिएको पुष्टि गरेको छ। तर प्रहरीले लाईको नाम खुलाएको छैन।

सोमवार भएको कारबाही नयाँ कानुनअन्तर्गत गरिएको तेस्रो चरणको पक्राउ हो।

अहिलेसम्म पक्राउ पर्नेमध्ये लाई सबैभन्दा ठूला र विदेशी नागरिकतावाहक पहिलो व्यक्ति हुन्।

जिमी लाई एक अर्ब डलर मूल्याङ्कन गरिएको सम्पत्तिका मालिक हुन्।

उनले पहिला कपडा उद्योगबाट धेरै धन कमाए। पछि उनी सञ्चार क्षेत्रमा आए। उनले एपल डेलीको स्थापना गरे।

उक्त पत्रिकाले हङ्कङ र चिनियाँ नेतृत्वको बारम्बार आलोचना गर्ने गरेको बिबिसीले जनाएको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु