सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले ह्याप्पी लर्निङ प्याक सबैको लागि उपलब्ध गराएको छ । यसअघि कम्पनीले कोभिड १९ को महामारीको समयमा विद्यार्थीहरुको पठनपाठनमा सघाउ पुर्याउने उद्देश्यका साथ यो नयाँ प्याक ल्याएको थियो । विद्यालय र विश्वविद्यालयको अनलाइन पठनपाठनमा सहयोग पुर्याउने उद्देश्यका साथ सस्तो मूल्यमा कम्पनीले यो प्याकेज उपलब्ध गराएको थियो । यसअन्तर्गत ३१५ रुपैयाँमा २४ जीबी र ५०० रुपैयाँमा ३५ जीबी डेटा उपलब्ध हुने टेलिकमले जनाएको छ ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
२४ जीबी डेटामध्ये २० जीबी डेटा जुम, माइक्रोसफ्ट टिम्स र गुगल मिटमा ईलर्निङ एप्लिकेसन प्रयोग गर्नका लागि र बाँकी ४ जीबी डेटा अन्य कुनैपनि एप्लिकेसनमा प्रयोग गर्न सकिनेछ । यसैगरी ३५ जीबीको अर्को प्याकेजमा ३० जीबी डेटा जुम, माइक्रोसफ्ट टिम्स र गुगल मिटमा ईलर्निङ एप्लिकेसन प्रयोग गर्नका लागि र बाँकी ५ जीबी डेटा अन्य कुनैपनि एप्लिकेसनमा उपयोग गर्न सकिने गरी टेलिकमले यो प्याक उपलब्ध गराएको थियो । तर, अब भने यो प्याक सबैले प्रयोग गर्न सकिनेछ ।



JUNGLE






from the
city



यसअघि यो प्याक लिन स्कुल कलेजबाट ईमेल वा वेबसाइटमा रजिस्ट्रेशन गर्नु पर्ने छैन। तर अब भने कलेजबाट ईमेल वा वेबसाइटमा रजिस्ट्रेशन लगायतका कुनै प्रक्रिया अपनाउनु नपर्ने टेलिकमले जनाएको छ । योसँगै टेलिकमका प्रयोगकर्ताले सस्तो मूल्यमा यो प्याक प्रयोग गर्न पाउने भएका छन् ।