राइड सेयरिङ एप्लिकेसन एटेण्ड एपले आफूसँग आबद्ध सबै सवारी चालकहरुको निःशुल्क कोभिड १९ परीक्षण गराउने भएको छ । दुई पांग्रे सवारी एवं चार पांग्रे सवारीमा कार, जिप, एम्बुलेन्स, शववाहन, ट्याक्सी जस्ता विविध साधनलाई आफ्नो सेवाको सूचीमा राखेर गत मंगलबारबाट सुरु भएको एटेण्ड एपले आफूसँग आबद्ध हुने सबै चालकको कोभिड परीक्षण गराएर मात्रै सेवामा आबद्ध गराउने भएको हो । यो नीति अनुसार विध ल्याबको सहकार्यमा एपले आइतबारदेखि नै चालकहरुको परीक्षण र एपमा दर्ता गराउन सुरु गर्ने तयारी गरिएको एटेण्ड एपका निर्देशक भीमकान्त भण्डारीले जानकारी दिए ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
आफ्ना सेवाग्राहीलाई संक्रमण मुक्त भएको विश्वास दिलाउने एवं सेवामा खटिने राइडरको मनोबल बढोस् भन्ने उद्देश्यले निःशुल्क कोभिड परीक्षण गराउने तयारी गरिएको भण्डारी बताउँछन् । पछि पनि चालकहरुको समयसमयमा यसैगरी निःशुल्क परीक्षण गराइरहने योजना रहेको भण्डारीले बताए । सो एपमा जोडिन चाहने राइडरहरुले आइतबारदेखि कुपण्डोलस्थित होटल हिमालयको छेउमा रहेको बिध ल्याबमा सवारी साधनसहित गएर आफ्नो कोभिड परीक्षण गराउन
सक्नेछन् ।



JUNGLE






from the
city



एटेण्ड एप प्रयोगकर्ताले प्ले स्टोर वा एप स्टोर म गएर एटेण्ड डाईभर डाउलोड गर्नूपर्नेछ । सोही ल्याबको प्राङ्गणमा एटेण्ड एपका आधिकारिक व्यक्तिहरुलाई समेत नयाँ सदस्यताको लागि राख्ने र उनीहरुले नै कोभिड परीक्षण भएपछि एटेण्ड एपमा समेत रजिष्ट्रर्ड गर्ने व्यवस्था मिलाइएको भण्डारी बताउँछन् । यसरी गरिएको परीक्षणमा नेगेटिभ रिपोर्ट आएकाहरुलाई स्वस्थ्य सर्टिपिकेट जारी गरेपश्चात मात्र राइडरले सोही दिनदेखि र पोजिटिभ रिपोर्ट आएका चालकको १४ दिनपछि फेरि परीक्षण गरेर मात्रै एटेण्ड एपमा जोड्ने तयारी रहेको भण्डारी बताउँछन् ।
एटेण्ड एपले जाडो महिनामा कोरोना परीक्षणको जोखिम बढी हुने भएकोले आफ्नो सञ्जाललाई विश्वास गरेर यात्रा गर्ने यात्रु र चालक दुवैको स्वास्थ्यलाई मध्यनजर गर्दै यस्तो योजना ल्याइएको एप व्यवस्थापन पक्षको भनाइ छ । थप जानकारी एटेण्डको कल सेन्टर ९८०२०४२५२३ मा सम्पर्क गर्न सकिने कम्पनिले जनाएको छ । कम्पनिले यस अघि आफूसँग आवद्ध सम्पुर्ण राइडरकोको बीमा तथा हाललाई सेवा शुल्क नलिने घोषण गरिएको र उक्त सेवा नेपालभरी सञ्चालन हुने जनाइएको छ ।