‘विन्टर ओलम्पिक २०२२’ बहिष्कार गर्ने मुलुकमाथि प्रतिबन्ध लगाउने चीनको चेतावनी

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

चीनले धार्मिक र जातीय अल्पसङ्ख्यकहरूमाथि गर्दै आएको शोषणको विरोधमा दर्जनौँ अधिकारवादी संघसंस्थाहरुले त्यहाँ हुने ‘विन्टर ओलम्पिक २०२२’ को बहिष्कार गर्न थालेका छन् । खास गरी तिब्बती, उइघुर, हङकङ, ताइवान र मानवअधिकारवादी संस्थाहरूले संयुक्तरुपमा विभिन्न मुलुकहरूलाई ‘न्टर ओलम्पिक’ बहिस्कार गर्न आह्वान गरेको हो ।
खास गरी चीनको सिन्जियांगमा श्रम शोषण र उइघुर समुदायका अल्पसङ्ख्यक मुस्लिमहरूमाथि दमन भइरहेका घटनाहरू सार्वजनिक हुँदै आएका छन् । अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिंकेनले चिनियाँ कूटनीतिज्ञलाई त्यहाँ भइरहेका मानवअधिकार उल्लङ्घनका घटनाहरूमा दबाब दिएपछि ओलम्पिक बहिष्कार गर्न आवाज झनै सशक्त बनेको छ । यसबाहेक दर्जनौँ क्यानडाली सांसदहरूले समेत ओलम्पिक खेल चीन बाहिर सार्नका लागि खुला पत्रमा हस्ताक्षर गरेका छन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

तर, यसको प्रतिरोधमा चीनले २०२२ को ‘विन्टर’ ओलम्पिकको बहिष्कार गर्ने कुनै पनि मुलुकमाथि कडा प्रतिबन्ध लगाउने चेतावनी दिएको छ । चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी) नेतृत्वको सरकारको मुख पत्रका रूपमा रहेको ग्लोबल टाइम्स (जीटी)ले चीनमा हुने ‘विन्टर ओलम्पिक २०२२’ बहिष्कार गर्ने कदम सफल नहुने बताएको छ । जीटीका प्रधान सम्पादकद्वारा जारी सम्पादकीयमा ओलम्पिक बहिष्कार गर्न खोज्नेलाई चीनले कडा प्रतिकार गर्ने चेतावनी दिएको छ । ‘विन्टर ओलम्पिक २०२२’ को बहिष्कार गर्ने अभियान चाल्ने कुनै पनि मुलुकलाई चीनले प्रतिबन्ध लगाउने छु, सम्पादकीयमा उल्लेख छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

सन् १९२४ देखि हुँदै आएको ‘विन्टर’ ओलम्पिक सन् २०२२ को फेब्रुअरी ४ देखि २० सम्म चीनको राजधानी बेइजिङमा आयोजना हुने भएको छ । यसमा १५ विभिन्न खेलमा १ सय ९ पदका लागि खेलाडीहरूबिच प्रतिस्पर्धा हुने गर्छ ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु