माइक्रोसफ्टले विन्डोज टेन एन्टीभाइरसमा केही परिवर्तन गरेको छ । यसअघिसम्म माइक्रोसफ्ट डिफेन्डर एडभान्स थ्रेट प्रोटेक्सन ९एटीपी० नामले परिचित एन्टीभाइरसलाई कम्पनीले पछिल्लो समय माइक्रोसफ्ट डिफेन्डर फर इन्डप्वइन्टको रुपमा रिब्राण्डिङ गरेको छ । उक्त एन्टीभाइरसको रिब्राण्डीङसँगै कम्पनीले त्यसका केही नयाँ फिचर पनि थप गरिरहेको छ । प्रयोगकर्तालाई आफ्नो डिभाइसको अवस्थाबारे अझ धेरै जानकारी दिने योजनाका साथ छुट्टै ड्यासबोर्ड उपलब्ध गराउने भएको छ ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
यसमार्फत प्रयोगकर्ताले बग सेक्युरिटीको अवस्था, एक्सप्लोइट एभाइलिबिलिटी, जोखिमको तह लगायतका जानकारी पाउनेछन् । उक्त ड्यासबोर्डमा ग्राफ र बार चार्टमार्फत प्रयोगकर्ताले डिभाइसको जोखिमको ट्रेन्ड र हालको अवस्थाबारे जानकारी उपलब्ध हुने माइक्रोसफ्टले जनाएको छ । यसको उद्देश्य प्रयोगतर्काले आफ्नो डिभाइस ह्याक हुने अथवा एक्सपोज हुनसक्ने सम्भावनाबारे जानकारी लिन सकुन भन्ने हो ।



JUNGLE






from the
city


