काठमाडौं । विभिन्न ४ राजनीतिक दलले १५ सदस्यीय राणनीतिक संयुक्त मोर्चा घोषणा गरेका छन् । बिहीवार काठमाडौंमा प्रतिवन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहित ४ राजनीतिक दलले सरकारविरुद्ध संयुक्त संघर्षका कार्यक्रमहरु घोषणा गरेका हुन् । आज कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा संयुक्त मोर्चा घोषणा गर्दै उक्त मोर्चाले सरकारविरुद्ध माघ २९ (आज) देखि फागुन १८ गतेसम्मका संघर्षका कार्यक्रमहरु सार्वजनिक गरेको छ ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
आज घोषणा गरिएको संयुक्त मोर्चामा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी), ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र विश्वभक्त दुलाल (आहुति) नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी रहेका छन् । त्यस्तै आज नै मोर्चाको अवधारणा पनि सार्वजनिक गरिएको छ ।



JUNGLE






from the
city



संयुक्त रणनैतिक मोर्चाको केन्द्रीय समितिमा भने सीपी गजुरेल, राम सिंह श्रीस, पवनमान श्रेष्ठ, सन्तोष बुढा, नवीनकुमार विश्वकर्मा, अज मोहम्मद, ऋषिराम कट्टेल, रामदुलार महतो, राजेश वान्तवा, जागृत रायमाझी, धनकुमारी सुनार र नविन रिजाल छन् । साथै यस मोर्चामा हाल र पछि आबद्ध हुने कम्युनिष्ट पार्टीहरू र अन्य शक्ति एवं व्यक्तित्वहरू मोर्चाको मान्यतासँग नबाझिने गरी आफ्नो कार्यदिशाअनुरूप अभिव्यक्ति र गतिविधि गर्न स्वतन्त्र रहने बताइएको छ ।