विराटनगर महानगरपालिकाले कोरोना भाइरसको संक्रमण समुदाय स्तरमा फैलन सक्ने भन्दै अत्यावश्यकबाहेकका सेवहरु बन्द गर्ने निर्णय गरेको छ ।
आइतबार महानगरपालिकामा बसेको उच्च स्तरीय समन्वय समितिको बैठकले समुदायस्तरमा कोरोना फैलिन नदिई रोकथाम तथा नियन्त्रण गर्न अनुगमन कार्यदलसमेत बनाएको छ ।
विराटनगर महानगरपालिकाले कार्यालयमा हुने भिडभाडका कारण भाइरस संक्रमणको दर उच्च हुने तर्फ सचेत हुँदै केही समय अत्यावश्यक सेवा बाहेक सामान्य सेवाका काम बन्द गर्ने निर्णय गरेको महानगरका प्रमुख भीम पराजुलीले बताए ।
महानगर भित्रका हरेक पसल व्यवसाय सञ्चालन गर्ने सञ्चालक र त्यहाँ काम गर्ने कामदारहरुले अनिवार्य मास्क लगाउनुपर्ने, त्यसका लागि नियमितरुपमा समितिले अनुगमन गर्ने र मास्क नलगाएको पाइएमा पहिलो पटक १० रुपैयाँ लिएर मास्क उपलव्ध गराउने निर्णय गरेको प्रमुख पराजुलीले बताए ।
विराटनगरमा कोरोना संक्रमितको संख्या ४१ पुगेको छ ।
विराटनगर महानगरपालिकाले ग-यो अत्यावश्यकबाहेकका सेवहरु बन्द गर्ने निर्णय
- सिम्रिक खबर
- • ६ महिना अगाडि