विश्वभरि कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ६ लाख नाघ्यो

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 58
  •  
  •  
  •  
  •  
    58
    Shares

विश्वभरि कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ६ लाख नाघेको वर्ल्डोमिटर्सले जनाएको छ । पछिल्लो २४ घण्टामा मात्र विश्वभर कोरोना संक्रमणबाट ५ हजारबढी मानिसले ज्यान गुमाएका छन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

पछिल्लो समय लगातार सबैभन्दा धेरै नयाँ सङ्क्रमितहरू अमेरिका, ब्रजिल, भारत र दक्षिण अफ्रिकामा फेला परिरहेको तथ्यांकहरूबाट पुष्टि हुन आएको छ । कोरोनाबाट ज्यान गुमाउनेहरूमध्ये एक चौथाइ संख्या अमेरिकामा मात्रै रहेको जनाइएको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

विश्व स्वास्थ्य संगठनले भने पछिल्लो एकैदिन ९शनिबार० संसारभरि भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ७ हजार ३६० रहेको जनाएको छ । यो गत मे १० तारिखयता भएको सबभन्दा धेरै दैनिक मृत्यु संख्या हो ।

उता जोन्स हप्किन्स विश्वविद्यालयले शनिवार कुल सङ्क्रमितहरूको सङ्ख्या एक करोड ४० लाख नाघेको जनाएको छ । वर्ल्डोमिटर्सले भने कुल संक्रमित संख्या ९आइतबार बिहानसम्म० १ करोड ४४ लाख नाघेको जनाएको छ ।

वर्ल्डोमिटर्सका अनुसार अहिलेसम्म सबैभन्दा बढी संक्रमित र मृतक अमेरिकामा रहेका छन् । त्यहाँ अहिलेसम्म भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १ लाख ४२ हजार ८७७ पुगेको छ भने कुल संक्रमित संख्या ३८ लाख ३३ हजार नाघेको छ । हाल त्यहाँ सक्रिय संक्रमित १९ लाख १५ हजार १७५ रहेका छन्, १७ लाख ७५ हजारभन्दा बढी चाहिँ निको भइसकेका छन् ।

यसैगरी दोस्रो धेरै क्षति बेहोर्नेमा ब्राजिल छ । त्यहाँ कोरोना भाइरसका कारण अहिलेसम्म ७८ हजार ८१७ जनाले ज्यान गुमाएका छन् भने कुल २० लाख ७५ हजार २४६ जना संक्रमित भइसकेका छन् । हाल त्यहाँ हाल त्यहाँ सक्रिय संक्रमित ६ लाख २९ हजार ६५४ रहेका छन् भने १३ लाख ६६ हजारभन्दा बढी मानिस निको भइसकेका छन् ।

उता, भारतमा पनि कुल संक्रमित संख्या पौने ११ लाख पुग्दा ज्यान गुमाउनेको संख्या २६ हजार नाघेको छ । रूसमा भने संक्रमित धेरै भए पनि ज्यान गुमाउनेको संख्या कम छ । दक्षिण अफ्रिकामा पनि दैनिक वृद्धिमा नयाँ कीर्तिमान बनिहेको छ । त्यहाँ पछिल्लो २४ घण्टामा १३ हजार २८५ संक्रमित भेटिएका छन् ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु