विश्वभर हालसम्म करीब ७५ प्रतिशत कोरानाभाइरस संक्रमित निको भइसकेका छन्। निको हुनेको संख्या तीन करोड तीन लाख ४१ हजार भन्दा बढी छ। अहिलेसम्म विश्वमा चार करोड छ लाख ३२ हजार भन्दा बढी संक्रमित फेला परेका छन्। यीमध्ये करीब तीन प्रतिशत अर्थात् ११ लाख २२ हजार ७४७ जनाको मृत्यु भएको छ। कुल संक्रमितको २२ प्रतिशत अझै उपचाररत छन्। अहिले विश्वभर उपचाररतको संख्या ९१ लाख ६८ हजार ५८३ छ। सक्रिय संक्रमितको करीब एक प्रतिशत मात्र गम्भीर बिरामी छन्।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
गम्भीर बिरामी परेका ७२ हजार ६५२ जना छन्। बाँकी संक्रमितलाई सामान्य वा मध्यम प्रकारको लक्ष्यण देखिएको छ। यस्ता अधिकांश संक्रमित घरैमा छन्। पछिल्लो २४ घन्टामा तीन लाख ३५ हजारभन्दा बढी नयाँ संक्रमित भेटिएका छन्। सबैभन्दा बढी अमेरिकामा ५४ हजार ५०८ जना फेला परेका छन्। त्यसपछि भारतमा ४६ हजार ४९८ संक्रमित भेटिए। यही अवधिमा विश्वभर चार हजार ३७८ जनाको मृत्यु भयो। सबैभन्दा बढी भारतमा ५९४, अर्जेन्टिनामा ४४९ र अमेरिकामा ४३१ जनाको मृत्यु भयो।



JUNGLE






from the
city


