विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ६ लाख ५२ हजार २५६ पुग्यो, १ करोड ६४ लाख बडि संक्रमित

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 31
  •  
  •  
  •  
  •  
    31
    Shares

विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ६ लाख ५२ हजार २५६ पुगेको छ भने संक्रमित हुनेको संख्या १ करोड ६४ लाख २० हजार २८७ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै २ लाख १७ हजार भन्दा धेरै संक्रमित थपिएका छन् । यस्तै, हालसम्म १ करोड ४८ हजार भन्दा धेरै उपचारपछि निको भएर घर फर्किएका छन् । अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४३ लाख ७१ हजार ८३९ पुगेको छ । त्यहाँ हालसम्म १ लाख ४९ हजार ८४९ जनाको मृत्यु भएको छ ।
ब्राजिलमा हालसम्म २४ लाख १९ हजार ९०१ जना संक्रमित हुँदा ८७ हजार ५२ जनाको मृत्यु भएको छ । भारतमा हालसम्म १४ लाख ३६ हजार १९ संक्रमित हुँदा ३२ हजार ८१२ जनाको मृत्यु भएको छ । रुसमा ८ लाख १२ हजार ४८५ संक्रमित हुँदा १३ हजार २६९ जनाको मृत्यु भएको छ । साउथ अफ्रिकामा ४ लाख ४५ हजार ४३३ जना संक्रमित हुँदा ६ हजार ७६९ जनाको मृत्यु भएको छ ।
मेक्सिकोमा ३ लाख ९० हजार ५१६ जना संक्रमित हुँदा ४३ हजार ६८० को मृत्यु भएको छ । पेरुमा ३ लाख ८४ हजार ७९७ जना संक्रमित हुँदा १८ हजार २२९ जनाको मृत्यु भएको छ । चिलीमा ३ लाख ४५ हजार ७९० संक्रमित हुँदा ९ हजार ११२ जनाको मृत्यु भएको छ । स्पेनमा संक्रमितको संख्या ३ लाख १९ हजार ५०१ पुगेको छ भने २८ हजार ४२२ जनाको मृत्यु भएको छ । बेलायतमा हालसम्म ४५ हजार ७५२ जनाको मृत्यु भएको छ भने २ लाख ९९ हजार ४२६ जना संक्रमित रहेका छन् ।
यता, इरानमा २ लाख ९१ हजार १७२ जना संक्रमित हँदा १५ हजार ७०० जनाको मृत्यु भएको छ । किस्तानमा २ लाख ७३ हजार ११३ संक्रमित हुँदा ५ हजार ८२२ जनाको ज्यान गएको छ । साउदी अरबमा २ लाख ६६ हजार ९४१ हजार संक्रमित हुँदा २ हजार ७३३ जनाको मृत्यु भएको छ । इटालीमा संक्रमितको संख्या २ लाख ४६ हजार ११८ पुग्दा ३५ हजार १०७ जनाको मृत्यु भएको छ ।
टर्कीमा २ लाख २६ हजार १०० संक्रमित हुँदा ५ हजार ६१३ को ज्यान गएको छ । बंगलादेशमा हालसम्म २ लाख २३ हजार ४५३ संक्रमित हुँदा २ हजार ९२८ को मृत्यु भएको छ । जर्मनीमा २ लाख ६ हजार ७४१ जना संक्रमित हुँदा ९ हजार २०३ जनाको मृत्यु भएको छ । फ्रान्समा संक्रमित १ लाख ८० हजार ५२८ हुँदा ३० हजार १९२ जनाको मृत्यु भएको छ ।
चीनमा पछिल्लो २४ घण्टामा ६१ जना नयाँ संक्रमित थपिएका छन् । त्यहाँ हालसम्म ८३ हजार ८९१ जना संक्रमित हुँदा मृतकको संख्या ४ हजार ६३४ छ । जापानमा २९ हजार ३८२ जना संक्रमित हुँदा ९९६ जनाको ज्यान गएको छ । नेपालमा भने अहिलेसम्म १८ हजार ६१३ जना संक्रमति फेला पर्दा १३ हजार १२८ जना उपचारपछि निको भएर घर फर्किएका छन् । ४५ जनाको भने मृत्यु भएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु