विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५ लाख ६७ हजार ७३४ पुग्यो, १ करोड २८ लाख भन्दा बडि संक्रमित

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 84
  •  
  •  
  •  
  •  
    84
    Shares

असार २८, काठमाडौं । विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५ लाख ६७ हजार ७३४ पुगेको छ । त्यस्तै, संक्रमित हुनेको संख्या १ करोड २८ लाख ४७ हजार २८८ पुगेको छ । पछिल्लो २४ घण्टामा २ लाख २१ हजार नयाँ संक्रमित थपिएका छन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

यस्तै, हालसम्म ७४ लाख ८३ हजार भन्दाधेरै उपचारपछि निको भएर घर फर्किएका छन् । अमेरिकामा कोरोना भाइरसबाट हालसम्म १ लाख ३७ हजार ४०३ जनाको मृत्यु भएको छ । त्यहाँ संक्रमितको संख्या ३३ लाख ५५ हजार ६४६ पुगेको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा मात्रै ६५ हजार भन्दा धेरै नयाँ संक्रमित थपएिका छन् । ब्राजिलमा हालसम्म १८ लाख ४० हजार ८१२ जना संक्रमित हुँदा ७१ हजार ४९२ जनाको मृत्यु भएको छ । भारतमा हालसम्म ८ लाख ५० हजार ३५८ संक्रमित हुँदा २२ हजार २८७ जनाको मृत्यु भएको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

रुसमा ७ लाख २० हजार ५४७ संक्रमित हुँदा ११ हजार २०५ जनाको मृत्यु भएको छ । पेरुमा ३ लाख २२ हजार ७१० जना संक्रमित हुँदा ११ हजार ६८२ जनाको मृत्यु भएको छ । चिलीमा ३ लाख १२ हजार २९ संक्रमित हुँदा ६ हजार ८८१ जनाको मृत्यु भएको छ । स्पेनमा संक्रमितको संख्या ३ लाख ९८८ पुगेको छ भने २८ हजार ४०३ जनाको मृत्यु भएको छ । मेक्सिकोमा २ लाख ९५ हजार २६८ जना संक्रमित हुँदा ३४ हजार ७३० को मृत्यु भएको छ ।

बेलायतमा हालसम्म ४४ हजार ७९८ जनाको मृत्यु भएको छ भने २ लाख ८८ हजार ९५३ जना संक्रमित रहेका छन् । साउथ अफ्रिकामा २ लाख ६४ हजार १६४ जना संक्रमित हुँदा ३ हजार ९७१ जनाको मृत्यु भएको छ । यता, इरानमा २ लाख ५५ हजार ११७ जना संक्रमित हँदा १२ हजार ६३५ जनाको मृत्यु भएको छ । पाकिस्तानमा २ लाख ४८ हजार ८७२ संक्रमित हुँदा ५ हजार १९७ जनाको ज्यान गएको छ । इटालीमा संक्रमितको संख्या २ लाख ४२ हजार ८२७ पुग्दा ३४ हजार ९४५ जनाको मृत्यु भएको छ ।

साउदी अरबमा २ लाख २९ हजार ४८० हजार संक्रमित हुँदा २ हजार १८१ जनाको मृत्यु भएको छ । टर्कीमा २ लाख ११ हजार ९८१ संक्रमित हुँदा ५ हजार ३४४ को ज्यान गएको छ । जर्मनीमा १ लाख ९९ हजार ८१२ जना संक्रमित हुँदा ९ हजार १३४ जनाको मृत्यु भएको छ । बंगलादेशमा हालसम्म १ लाख ८१ हजार १२९ संक्रमित हुँदा २ हजार ३०५ को मृत्यु भएको छ । फ्रान्समा संक्रमित १ लाख ७० हजार ७५२ हुँदा ३० हजार ४ जनाको मृत्यु भएको छ ।

चीनमा पछिल्लो २४ घण्टामा ७ जना नयाँ संक्रमित थपिएका छन् । त्यहाँ हालसम्म ८३ हजार ५९४ जना संक्रमित हुँदा मृतकको संख्या ४ हजार ६३४ छ । जापानमा २१ हजार १२९ जना संक्रमित हुँदा ९८२ जनाको ज्यान गएको छ । नेपालमा भने अहिलेसम्म १६ हजार ७१९ जना संक्रमति फेला पर्दा ८ हजार ४४२ जना उपचारपछि निको भएर घर फर्किएका छन् । ३८ जनाको भने मृत्यु भएको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु