विश्वभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ लाख ४२ हजार नाघ्यो

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 6
  •  
  •  
  •  
  •  
    6
    Shares

विश्वभर कोरोना भाइरका कारण हालसम्म ११ लाख बढिले ज्यान गुमाएका छन्। विश्वभरका सवा २ सय देशमा आफ्नो प्रभाव फैलाएको कोरोनाबाट हालसम्म ४ करोड बढी मानिसहरु प्रत्यक्ष प्रभावित भएका छन्। एक तथ्यांक अनुसार विश्भरमा हालसम्म ४ करोड १९ लाख ७४ हजार बढी कोरोना संक्रमित भएका छन्। यस्तै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ लाख ४२ हजार ६ सय बढी रहेको छ। कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या पनि हालसम्म ३ करोड ११ लाख ८१ हजार बढी रहेको छ भने ९६ लाख ४९ हजार बढीमात्र एक्टिभ केसहरु रहेका छन्।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

कोरोनाबाट सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा हालसम्म ८६ लाख ६१ हजार ६ सय बढी संक्रमित देखिएका छन्। जसमध्ये २ लाख २८ हजार ३ सय बढीले ज्यान गुमाएका छन भने ५६ लाख ५५ हजार ३ सय बढी संक्रमितहरु संक्रमण मुक्त भएका छन। यस्तै भारतमा कोरोनाबाट हालसम्म १ लाख १७ हजार ३ सय बढीले ज्यान गुमाएका छन्। भारतमा कोरोना संक्रमितको संख्या ७७ लाख ५९ हजार ६ सय बढी रहेको छ। तथ्यांक अनुसार भारतमा संक्रमण मुक्त हुनेको संख्या ६९ लाख ४६ हजार ३ सय बढी रहेको छ। अमेरिका र भारतको औषत तुलनामा कोरोना संक्रमण मुक्त हुनेमा भारत अगाडी देखिएको छ। हालसम्म भारतमा ६ लाख ९५ हजार बढी सक्रिय संक्रमितको संख्या रहेको छ भने अमेरिकामा २७ लाख ७७ हजार ९ सय बढी कोरोनाका सक्रिय संक्रमितहरु रहेका छन्।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

अमेरिका र भारतपछि कोरोनाको चपेटामा परहेको देश ब्राजिल हो। ब्राजिलमा हालसम्म ५३ लाख ३२ हजार ६ सय बढी कोरोनाका संक्रमितहरु रहेका छन्। कोरोनाका कारण ब्राजिलमा १ लाख ५५ हजार ९ सय बढीले ज्यान गुमाएका छन भने ४७ लाख ८५ हजार बढी कोरोनाका संक्रमितहरु संक्रमण मुक्त भएका छन। यस्तै हालसम्म ३ लाख ९१ हजार बढि सक्रिय कोरोनाका संक्रमितहरु ब्राजिलमा रहेका छन्। यस्तै रसियामा साढे १४ लाख बढी, स्पेनमा करिव ११ लाख, अजेन्टिनामा साढे १० लाख बढि, फ्रान्समा करिव १० लाख र कोलोम्बियामा ९ लाख ९० हजार बढिमा कोरोना संक्रमण भेटिएको छ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु