विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड ३८ लाख नाघ्यो, १० लाख १२ हजार ५८९ जनाको मृत्यु

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 9
  •  
  •  
  •  
  •  
    9
    Shares

विश्वभर कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या ३ करोड ३८ लाख नाघेको छ भने १० लाख १२ हजारभन्दा बढीको मृत्यु भएको छ । वर्ल्डोमिटर्सको पछिल्लो विवरण अनुसार विश्वभर ३ करोड ३८ लाख ३८ हजार ५६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चीनको हु बेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको कोरोना भाइरस संक्रमणबाट विश्वभर १० लाख १२ हजार ५८९ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म २ करोड ५१ लाख ४३ हजार ९२७ जना कोरोना मुक्त भएका छन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

सबैभन्दा बढी प्रभावित अमेरिकामा बिहानसम्म २ लाख १० हजार ७८५ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । अहिलेसम्म संक्रमितको संख्या ७४ लाख ६ हजार १४६ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ४४ हजार २२७ भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ भने ९७७ जनाले ज्यान गुमाएका छन् । अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ९७ हजार ५२९ पुगेको छ । त्यहाँ पछिल्लो २४ घण्टामा मात्रै १ हजार १७८ जनाले ज्यान गुमाएका छन् । २४ घण्टामा ८० हजार ५०० जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ६२ लाख २३ हजार ५१९ पुगेको हो ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

प्रभावित देशको सूचीमा तेस्रो स्थानमा रहेको ब्राजिलमा संक्रमितको संख्या ४७ लाख ८० हजार ३१७ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ८४९ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या १ लाख ४३ हजार १० पुगेको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु