विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३ करोड ५६ लाख नाघेको छ। बुधबार बिहानसम्म जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको तथ्यांक अनुसार विश्वभर ३ करोड ५६ लाख ८१ हजार ५ सय ५२ जना संक्रमित भएको तथ्यांक रहेको छ। संक्रमण पुष्टि हुनेको संख्या अमेरिकामा सर्वाधिक रहेको छ। अमेरिकामका संक्रमितको संख्या ७४ लाख ९६ हजार २९ पुगेको छ। त्यस्तै भारतमा ६६ लाख ८५ हजार ८२, ब्राजिलमा ४९ लाख २७ हजार २ सय ५३ र रुसमा १२ लाख ३१ हजार २ सय २७ जनामा संक्रमण पुष्टि भएको तथ्यांक रहेको छ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
त्यस्तै विश्वभर मृत्यु हुने कोरोना संक्रमितको संख्या १० लाख ४७ हजार नाघेको छ । पछिल्लो तथ्यांक अनुसार १० लाख ४७ सय ७ सय ३१ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख गरिएको छ। अमेरिकामा २ लाख १० हजार ८ सय १२, ब्राजिलमा १ लाख ४६ हजार ६ सय ७५, मेक्सीकोमा ८२ हजार ३ सय ४८, बेलायतमा ४२ हजार ५ सय ३५, इटालीमा ३६ हजार ३० जनाको मृत्यु भएको छ। विश्वभर दुई करोड ४८ लाख ५६ हजार ४ सय ९७ जना संक्रमणमुक्त भएका छन्। बुधबार बिहानसम्मको तथ्यांक अनुसार ब्राजिलमा ४३ लाख ९७ हजार ८ सय ८२, अमेरिकामा २९ लाख ५२ हजार ३ सय ९०, रुसमा ९ लाख ८४ हजार ७ सय ६७ जना संक्रमणमुक्त भएका छन्।



JUNGLE






from the
city



नेपालमा पनि ९० हजार ८ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये ६७ हजार ५ सय ४७ जना संक्रमणमुक्त भएका छन् भने ५ सय ६३ जनाको मृत्यु भएको छ। भारतमा संक्रमितको संख्या ६६ लाख ८५ हजार ८२ पुगेको छ। भारतमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या एक लाख ३ हजार ५ सय ६९ पुगेको छ। भारतमा हालसम्म ५६ लाख ६२ हजार ४ सय ९० जना संक्रमित संक्रमणमुक्त भएका छन्। पाकिस्तानमा हालसम्म ३ लाख १५ हजार ७ सय २७ जना संक्रमित भएका छन्। संक्रमितमध्ये पाकिस्तानमा ६ हजार ५ सय २३ जनाको मृत्यु भएको छ। पाकिस्तानमा हालसम्म ३ लाख ६ सय १६ जना उपचारपछि निको भएका छन्। बंगलादेशमा कोरोना संक्रमितको संख्या ३ लाख ७१ हजार ६ सय ३१ पुगेको छ। बंगलादेशमा हालसम्म ५ हजार ४ सय ५ जनाको मृत्यु भएको छ। उपचारपछि निको हुनेको संख्या बंगलादेशमा २ लाख ४८ हजार ८ सय ३३ छ।
अफगानिस्तानमा संक्रमितको संख्या ३९ हजार ४ सय ८६ पुगेको छ। अफगानिस्तानमा १ हजार ४ सय ६७ जनाको मृत्यु भइसकेको छ भने ३२ हजार ९ सय ७७ जना उपचारपछि निको भएका छन्। माल्दिभ्समा संक्रमितको संख्या १० हजार ६ सय २१ जना रहेको छ। मृत्यु हुनेको संख्या ३४ छ भने उपचारपछि निको हुनेको संख्या ९ हजार ४ सय ६६ पुगेको छ । श्रीलंकामा संक्रमितको संख्या ४ हजार २ सय ५२ जना रहेको छ। संक्रमणपछि मृत्यु हुनेको संख्या १३ छ भने निको हुनेको संख्या ३ हजार २ सय ६६ रहेको छ। भुटानमा संक्रमितको संख्या २९९ पुगेको छ। उपचारपछि निको हुनेको संख्या २४८ छ।