विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड ९१ लाख नाघ्यो

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 8
  •  
  •  
  •  
  •  
    8
    Shares

विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड ९१ लाख पुगेको छ । जसमध्ये दुई करोड ९३ हजारले कोरोना जितेका छन्। मृत्यु हुनेको संख्या ११ लाख नाघेको छ । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना संक्रमण सम्बन्धी अपडेट गराउँदै आएको वल्डोमिटरका अनुसार शुक्रबार कोरोनाले मृत्यु हुनेको संख्या ११ लाख नाघेको हो । सक्रिय संक्रमितमध्ये ७० हजार बढीको अवस्था जटिल छ भने बाँकी ८६ लाख बढीको अवस्था सामान्य छ । वसुरुमा चीनको वुहानमा देखिएको कोरोना यूरोप अमेरिका हुँदै एसियामा भयावह अवस्थामा फैलिरहेको छ । विश्वभर अहिलेसम्म सबैभन्दा धेरै अमेरिकामा ८२ लाख मानिसमा कोरोना पुष्टि भएको छ । कोरोना संक्रमितमध्ये सबैभन्दा बढी अमेरिकामै दुई लाख २२ हजार बढीको मृत्यु भएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

नेपालसँग खुला सीमा रहेको छिमेकी देश भारतमा मात्र ७३ लाख ६५ हजारमा संक्रमण पुष्टि भएको छ । जहाँ एक लाख १२ हजारको कोरोनाले मृत्यु भएको छ । भारतमा ६४ लाख ४ हजारले भने कोरोना जितेका छन्। अमेरिकापछि सबैभन्दा बढी संक्रमित भए पनि कोरोनाले धेरै मृत्यु भएको देश ब्राजिल हो । ब्राजिलमा १ लाख ५२ हजारको मृत्यु भइसकेको छ । जहाँ ५१ लाख ६९ हजारमा संक्रमण पुष्टि भएको छ । विश्वभर पछिल्लो २४ घण्टामा ३ लाख ८८ हजार संक्रमित थपिएका छन् भने ५ हजार ९ सय बढीको मृत्यु भएको छ । पहिलो पटक संक्रमण देखिएको आठ महिनामा नेपालमा संक्रमितको संख्या एक लाख २१ हजार ७४५ पुगेको छ । जसमध्ये ८४ हजार ५१८ जनाले कोरोना जितेका छन् भने ६९४ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्र नेपालमा ३७ सय ४९ जनामा संक्रमण पुष्टि हुँदा १९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु