विश्वभर कोरोना संक्रमितको संख्या ५ करोड नाघ्यो, १२ लाख ५५ हजारको मृत्यु

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 18
  •  
  •  
  •  
  •  
    18
    Shares

विश्वभर कोरोना संक्रमितको संख्या ५ करोड नाघेको छ । पछिल्लो २४ घण्टामा ४ लाख ८६ हजारभन्दा धेरै संक्रमित थपिएसँगै संक्रमितको संख्या ५ करोड १ लाख नाघेको वल्डोमिटरले जनाएको छ । जसमध्ये ३ करोड ५५ लाख निको भएका छन् भने १२ लाख ५५ हजारको ज्यान गएको छ। अहिले विश्वभर १ करोड ३३ लाख सक्रिय संक्रमित रहेकामा ९१ हजारको अवस्था जटिल छ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

सबैभन्दा धेरै अमेरिकामा १ करोड १ लाखभन्दा धेरैमा संक्रमण पुष्टि भएको छ । जसमध्ये ६४ लाख ३५ हजार निको भएका छन् भने २ लाख ४३ हजारको ज्यान गएको छ । यस्तै ८५ लाखमा कोरोना पुष्टि भएको भारतमा निको हुनेको संख्या ७८ लाख ६० हजार छ । एक लाख २६ हजारको भने ज्यान गएको छ । यस्तै ब्राजिलमा ५६ लाख ५३ हजारमा कोरोना पुष्टि भएको छ । त्यहाँ ५० लाख ६४ हजार निको हुँदा १ लाख ६२ हजारको ज्यान गएको छ । रुस, फ्रान्स, स्पेन, अर्जेन्टिना, बेलायत र कोलम्बियामा संक्रमितको संख्या १० लाख नाघिसकेको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

पछिल्लो समय संक्रमण तिब्र बनेको नेपालमा संक्रमितको संख्या १ लाख ९१ हजार पुगेको छ । जसमध्ये १ लाख ५५ हजारले कोरोना जितेका छन् भने ३५ हजार बढी सक्रिय संक्रमित छन् । पछिल्लो २४ घण्टामा १७ जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या एक हजार ८७ पुगेको छ ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु