वर्ल्डोमिटर्सको तथ्यांक अनुसार हालसम्म विश्वभर कोरोना संक्रमितको संख्या ६ करोड ३५ लाख ८४ हजार ८ सय ७० पुगेको छ भने कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १४ लाख ७३ हजार ७ सय ४६ पुगेको छ । त्यस्तै हालसम्म विश्वमा ४ करोड ३९ लाख ८० हजार ३ सय २७ कोरोना संक्रमित उपचारपछि निको भइसकेका छन् । त्यस्तै अमेरिकामा मात्र कोरोनाको संक्रमणबाट २ लाख ७४ हजार ३ सय ३२ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या एक करोड ३९ लाख १९ हजार ८ सय ७० पुगेको छ । त्यसैगरी निको हुनेको संख्या ८२ लाख २२ हजार ८ सय ७९ पुगेको छ । त्यस्तै भारतमा कोरोनाको संक्रमणबाट मुत्यु हुनेको संख्या १ लाख ३७ हजार ६ सय ५९ पुगेको छ भने संक्रमितको संख्या ९४ लाख ६३ हजार २ सय ५४ पुगेको छ । त्यस्तै अर्को देश ब्रजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख ७३ हजार १ सय ६५ पुगेको छ भने संक्रमितको संख्या ६३ लाख ३६ हजार २ सय ७८ पुगेको छ ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185