विश्वभर कोरोना संक्रमित हुनेको संख्या २ करोड ७४ लाख नाग्यो

File Photo

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 12
  •  
  •  
  •  
  •  
    12
    Shares

विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ करोड ७४ लाख नागेको छ । पछिल्लो २४ घण्टामा १ लाख ९५ हजार ९९४ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या २ करोड ७४ लाख ७९ हजार ११५ पुगेको हो । यस्तै एकै दिन थप ३ हजार ७०८ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ८ लाख ९६ हजार ४२१ पुगेको छ । एकै दिन २ लाख १६ हजार ८०५ मानिस कोरोना संक्रमणमुक्त भएका छन् । तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका मंगलबार बिहानसम्म कोरोनाबाट निको हुनेको संख्या १ करोड ९५ लाख ७२ हजार ९११ पुगेको छ । निको हुनेको यो संख्या कुल संक्रमितको ७० प्रतिशत हो ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख १० हजार २८० जनाको मृत्यु भएको छ । ३८ लाख ३१ हजार १७९ जना संक्रमित भएकोमा २१ लाख ६८ हजार ११३ जना संक्रमणमुक्त भएका छन् । उत्तर अमेरिकी मुलुकहरूमा २ लाख ८१ हजार ४९ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ७७ लाख ६०४ पुगेको छ । त्यसमध्ये ४५ लाख ९४ हजार ६४९ जना संक्रमणमुक्त भएका छन् । यस्तै एसियाली मुलुकहरूमा १ लाख ५३ हजार ७६० जनाको मृत्यु भएको छ । ७८ लाख ५७ हजार ६४१ जना संक्रमित भएकोमा ६३ लाख ४९ हजार १८३ जना संक्रमणमुक्त भएका छन् । दक्षिण अमेरिकी मुलुकहरूमा २ लाख १८ हजार ९४९ जनाको मृत्यु भएको छ । ६७ लाख ४७ हजार ४४५ जना संक्रमित भएकोमा ५३ लाख ८५ हजार ८८२ जना संक्रमणमुक्त भएका छन् ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

अफ्रिकी मुलुकहरूमा ३१ हजार ५७५ जनाको ज्यान गएको छ भने १३ लाख १२ हजार १७९ संक्रमित छन् । संक्रमितमध्ये १० लाख ४९ हजार ५१२ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा ७९३ जनाको मृत्यु भएको छ । २९ हजार ३४६ जना संक्रमित भएकोमा २४ हजार ८७६ जना संक्रमणमुक्त भएका छन् ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु