गत २४ घण्टाभित्र विश्वमा ६ लाख दुई हजार ६५४ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। सोही अवधिमा १० हजार तीन जनाको मृत्यु भएको हो। पछिल्लो तथ्यांक अनुसार विश्वमा कोरोना संक्रमितको संख्या पाँच करोड २४ लाख १० हजार ८२७ र मृत्यु हुनेको संख्या १२ लाख ८८ हजार ७१८ पुगेको छ। पछिल्लो २४ घण्टाभित्र थपिएका संक्रमितमध्ये अमेरिकामा सबैभन्दा बढी एक लाख ३६ हजार ८०० जना रहेका छन्। सोही अवधिमा त्यहाँ कोरोना भाइरसका कारण एक हजार ३५५ जनाले ज्यान गुमाएका हुन्।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
भारतमा पछिल्लो २४ घण्टाभित्र ४८ हजार २८५ नयाँ संक्रमित थपिएका छन्। त्यहाँ थप ५४९ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्। फ्रान्समा ३५ हजार ८७९ नयाँ संक्रमित थपिएका छन् भने ३२८ जनाको मृत्यु भएको छ। वर्ल्डोमिटर्सको तथ्यांकअनुसार गत २४ घण्टाभित्र ब्राजिलमा ४७ हजार ७२४, इटलीमा ३२ हजार ९६१, पोल्यान्डमा २२ हजार २२१, बेलायतमा २२ हजार ९५०, रसियामा १९ हजार ८५१, जर्मनीमा २० हजार ५३६, कोलम्बियामा आठ हजार ६५१ तथा इरानमा ११ हजार ७८० जना नयाँ संक्रमित थपिएका छन्।



JUNGLE






from the
city


